0Shares

पोखरा भ्यूज

चितवन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए प्रतिनिधिसभाले संवैधानिक कदम चाल्नुपर्ने चर्चा चलिरहेको बेला सत्ता गठबन्धमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनेबारे दलहरुबीच कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

मंगलबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले महाअभियोगको विषयमा चर्चा र छलफल नै नभएको बताएका हुन् । उनले न्यायालयको स्वतन्त्रता र गरिमा कतैबाट जाँच नआओस् भन्ने कुरामा सबै सतर्क हुनुपर्ने जिकिर गरे । अहिले न्यायालयमा देखिएको विवाद एकदुई दिनभित्रै साम्य हुने प्रचण्डको दावी छ ।हाल न्यायालयमा देखिएको विवाद एक– दुई दिनभित्रै निष्कर्षमा पुग्ने आशा गरेको पनि प्रचण्डले बताए ।

‘न्यायालयमा जुन डिबेट चलिरहेको छ,’ उनेले भने- ‘यो एक दुई दिनभित्र निष्कर्षमा पुग्छ भन्ने लाग्छ ।’ कार्यपालिका न्यायपालिका, व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्न बल गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

केही दिनअघि पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए प्रतिनिधिसभाले संवैधानिक प्रक्रिया गर्नु सुझाएको थियो । त्यस्तै सर्वोच्चकै १३ न्यायाधीशहरुले फुलकोर्ट बैठक तथा इजलाश समेत बहिष्कार गरी प्रधान्यायाधीश जबरालाई राजीनामा गर्न समेत भनेका थिए । यद्यपि जबराले भने विवादमा तानिएका सबै न्यायाधीशले राजनीनामा दिएमा आफू पनि तयार रहेको बताउँदै सडकमा कोही कसैले राजनीनामा माग्दैमा राजनीनामा नदिने स्पष्ट पारेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected