0Shares

पोखरा भ्यूज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण र खोप वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । उनले कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन र सरकारको लक्ष्य अनुसार खोपको व्यवस्थापन गर्न पनि निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन ‘दाताहरुसँग पनि खोप माग्ने तथा खरिद गरेर भएपनि तर खोपको कमी हुन नदिने बताए ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोपका बारेमा अहिलेसम्मको अवस्थाका बारेमा प्रतिवेदन पेश गरेको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा असोज मसान्तसम्म ३४ प्रतिशत नागरिकले कोरोना खोपको पहिलो डोज र २२ प्रतिशतले दुबै मात्रा लगाइसकेका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected