1Shares

पोखरा भ्यूज

हेटौंडा । पाँच दलका ५९ सासंदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष बाग्मती प्रदेशको मुख्यमन्त्रीमा दावी प्रस्तुत गरेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज मुख्यमन्त्री बन्दै छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेकामा पाँच दलीय गठबन्धनका ५९ सांसदको हस्ताक्षरसहितको समर्थनपत्र एकीकृत समाजवादीका सांसद पाण्डेले प्रदेश प्रमुखलाई बुझाएका छन् ।लाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

पाण्डे सानो आकारको मन्त्रीमण्डल बनाएर विहीबार नै मुख्यमन्त्रीको पदभार सम्हाल्ने तयारीमा छन् । तीन सदस्यीय मन्त्रीमण्डलमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने समाचार स्रोतको दावी छ ।

स्रोतका अनुसार तिहारपछि मात्र बाग्मती प्रदेश सरकारले पूर्णता पाउनेछ । एक सय ९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected