23Shares

१५ कार्तिक, पोखरा

पोखरा भ्यूज रोटरी इनिसियटिभ फर स्मार्ट मोबिलिटी इन पोखराशीर्षकमा पोखरामा एक दिने गोष्ठी सम्पन्न भएको स्मार्टपोखराका लागि १० बुँदे घोषणा जारी गर्दै गोष्ठी सम्पन्न गरेको

बाबा फाउण्डेसन नेपाल पोखरास्थित वटा रोटरी क्लबहरुको संयुक्त आयोजनामा शनिवार लेकसाइडस्थित कुटी रिसोर्टमा सम्पन्नगोष्ठीले १० बुँदे साझा घोषणापत्र जारी गरेको हो

घोषणापत्रमा पोखराको यातायातलाई अझै व्यवस्थित बनाउने, सडक छेउमा पार्क बनाउने, दायाबायाँ वृक्षारोपण गर्ने, स्मार्ट यातायातकोयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुगमन समूह गठन गर्ने, सन् २०३० भित्र पोखरामा स्मार्ट सुरक्षित यातायात व्यवस्थाकार्यान्वयन गर्ने लगायतका बुदा समेटिएको आयोजक संस्था बाबा फाउन्डेसन नेपालका अध्यक्ष तथा कार्यक्रमका संयोजक दिलिपराजश्रेष्ठले जानकारी दिए

यसैगरी पैदल यात्रु सवारी चालकका लागि ट्राफिक नियमका बारेमा सचेतनामूलक कार्यक्रम गर्ने, प्राज्ञिक अनुसन्धानको विधि प्रयोगगरी सुन्दर यातायात पूर्वाधारको निर्माण गरी यात्रा समयमा सुधार ल्याउने, नेपाल विद्युत प्राधिकरण, नेपाल खानेपानी संस्थान, ढलविकास नेपाल दूरसञ्चार लगायत सरोकारवालाहरूबिच समन्वय गरी सहरी पूर्वाधार निर्माणमा सामञ्जस्यता कामम गर्ने घोषणापत्रमाउल्लेख गरिएको

श्रेष्ठका अनुसार स्तरीय पूर्वाधारको निर्माण गरी सफ्टवेयर सहितको सहरी यातायात गुरुयोजना लागू गर्ने, पैदलयात्री, साइकल यात्री अपाङ्गता भएकाहरूको सुविधा समेत समावेश गरी प्रभावकारी सार्वजनिक यातायातमा प्राथामिकता दिने साझा लक्ष्य कायम गरिएको यसका लागि प्रदेश सरकार, पोखरा महानगरपालिका, विद्युत प्राधिकारण, दूरसञ्चार, नेपाल खानेपानी स्ंस्थान, ट्राफिक प्रहरीकार्यालय, रोटरी क्लब्स ३२९२, बाबा फाउन्डेसन नेपाल निजी क्षेत्रका प्रतिनिधिले सहमति जनाएका छन्।

कार्यक्रमको उद्घाटन पश्चात सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सडक दूर्घटना न्युनीकरणका लागिप्रदेश सरकार प्रतिवद्ध रहेको बताए प्रदेशको नीति, कार्यक्रम बजेटमा हाम्रा आकांक्षा चाहना छन्, सीमित बजेटका कारण सबैचाहनाहरू पूरा नभए पनि यसमा प्रदेश सरकारको चासो रहेको मुख्यमन्त्रीले भने, सरकारले गर्नुपर्ने कामका लागि सामाजिक संघसंस्थाले ध्यानाकर्षण गराउँदा हाम्रो नजर खुल्नुका साथै केही नयाँ काम अघि बढाउने जमर्को गर्नेछौं।

स्मार्ट पोखरा कार्यक्रमको टेक्निकल सेसन अन्तर्गत नुगल आनन्द वैद्यलेरोड सेफ्टी एण्ड अर्वान कन्सर्न’, ध्रुव आचार्यलेरोडसाइडप्लान्टेसन’, गोपाल कक्षपतिलेदरबारमार्ग रोड डेमो प्रोजेक्ट सोम रानालेसाइकल फ्रेन्डली सिटीविषयक प्रस्तुति दिएका थिए

रोड सेफ्टी काउन्सिल प्रस्पेक्टिभमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सरोजकुमार प्रधान, सामाजिक उत्तरदायित्व अवधारणामा नाबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, पर्यटन अर्थतन्त्रमा नेपाल उद्योग वाणिज्यमहासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, ट्राफिक व्यवस्थापन अवधारणामा एसपी प्रभु ढकाल, डिपार्टमेन्ट अफ रोड प्रस्पेक्टिभमादेवकुमार तामाङ, पोखरा महानगर विषयमा प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सहरी योजना अवधारणामा गण्डकी प्रदेश नीतितथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्ले प्रस्तुति राखेका थिए।

कार्यक्रममा सहभागीले पोखराका मुख्यचोकमा ट्राफिक लाइट, फ्लाइओभर, आकाशे पुल, लागयतका पूर्वाधार थप्नुपर्नेमा धारणाराखेका थिए स्मार्ट पोखराका लागि रोटरी क्लबले सम्बन्धित सरोकारवालाहरूलाई एउटै गोष्ठीमा राखेर सडक सुरक्षा, दूर्घटनान्युनीकरण, ट्राफिक सचेतना शिक्षा, छरितो व्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए।

कार्यक्रम सफल पार्न दिलीपराज श्रेष्ठको संयोजकत्वमा २० सदस्यीय समिति बनाइएको थियो ।स्मार्ट पोखराको कमिटमेन्ट गर्नकालागि कार्यक्रम निकै उपलब्धी मूलक रहेको संयोजक श्रेष्ठको भनाई उनले भने: ‘पोखरा नेपालको प्रमुख पर्यटकीय शहर हो पोखरालाई अब स्मार्ट सिटीको रुपमा विकास व्यवहारिक रुपमै लाग्नु पर्छ

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected