283Shares

पोखरा भ्यूज

पोखरा । नेपाली काँग्रेस पोखरा १६ का पूर्वसभापतिहरु सम्मानित भएका छन् । पोखरा १६ ले तिहार तथा छठपर्वको अवसरमा विहीबार पोखरा बाटुलेचौरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको एक विशेष समारोहबीच उनीहरूलाई सम्मान गरिएको हो ।

पूर्वसभापतिहरू पार्टीमा क्रियाशील रहेर आफ्नो सक्रिय जीवन पार्टीमै समर्पित गरेवापत सम्मानित भएका हुन् । यसरी सम्मानित हुने पूर्वसभापतिहरूमा बुद्धिबहादुर गुरुङ, मुक्तिराम भट्टराई, नेत्रबहादुर बानियाँ, विनोद तिमिल्सिना, होमबहादुर बानियाँ, दिननाथ आचार्य र शिवराज देवकोटा छन् ।

 

उनीहरूलाई नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्का र कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सम्मान–पत्रसहित दोसल्ला ओढाएर संयुक्तरूपमा सम्मान गरेका थिए । सम्मानित पूर्वसभापतिमध्ये गुरुङ, भट्टराई र आचार्य साविक पोखरा उपमहागरपालिका वडा नं. २८, अर्मलाका हुन् भने नेत्रबहादुर, होमबहादु, विनोद र शिवराज साविक पोखरा उपमहानगरपालिका वडा नं. १६ का पूर्वसभापति हुन् ।

राज्यको पुर्नसंरचना आयोगको सिफारिस बमोजिम नेपाल सरकारले २०७३ फागुन २७ मा पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकालाई जोडेर पोखरा महानगरपालिका घोषणा गर्दा साविक पोखरा उपमहानगरपालिका वडा नं. १६ र २८ लाई जोडेर एउटै वडा बनेको थियो ।
त्यस्तै पूर्वसभापतित्रय स्व. मेघराज शर्मा, गोपालबहादुर थापा र स्व. तोरणबहादुर थापालाई मरणोप्रान्त सम्मान गरिएको छ । स्व. शर्मा र स्व. थापाद्वयको सम्मान उनीहरूका परिवारजनले ग्रहण गरेका छन् । स्व. शर्मा र स्व. गोपाल साविक पोखरा उपमहानगरपालिका वडा नंं १६ र स्व. थापा साविक पोखरा उपमहानगरपालिका वडा नं. २८ का पूर्वसभापति थिए ।

लामो समयमा पार्टीमा गरेको योगदानको कदर भएको भन्दै सम्मानित पूर्वसभापतिहरूले खुशी व्यक्त गरेका छन् । ‘द्वन्द्वको समयमा ज्यानै जोखिमा राखेर पनि पार्टीलाई जोगाएर राखेको थिएँ, आज त्यसवापतको इमान पाएँ’ सम्मान ग्रहण गरेपछि पोखरा भ्यूसँगको कुराकानीमा पोखरा १६ का पूर्वसभापति मुक्तिराम भट्टराईले भने–‘म ज्यादै खुशी छु ।’

पार्टीका ४ जेष्ठ सदस्य सम्मानित
नेपाली काँग्रेसको जेष्ठ सदस्य विभागमा रहेका ४ जेष्ठ सदस्यहरू समेत सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरूमा इन्द्रबहादुर बानियाँ, तेजबहादुर गुरुङ, बुद्धिबहादुर गुरुङ र मुक्तिराम भट्टराई छन् । उनीहरूलाई गण्डकी प्रदेश सभाका मन्त्रीद्वय खड्का र थापाले संयुक्तरूपमा प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

283Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected