6Shares

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन शनिबार दिदीबहिनीले आफ्ना दाजुभाईलाई दीर्घायु र आरोग्यको कामना गर्दै सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको साइत विहान ११:०२ बजे छ । यद्यपि शनिबार दिनभर भाईटीका ग्रहण गर्न कुनै वाधा छैन । यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन शनिबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने प्रचलन छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected