२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
कोरोना-विशेष

वैज्ञानिकहरुले कोभिड संक्रमणका कारण फोक्सोमा हुने संक्रमण र मृत्युको जोखिम दोब्बर बनाउने जीन पत्ता लगाए

एजेन्सी ।युनिभर्सिटी अफ अक्सफोर्डका वैज्ञानिकहरुले कोभिड संक्रमणका कारण फोक्सोमा हुने संक्रमण र मृत्युको जोखिम दोब्बर बनाउने जीन पत्ता लगाएका छन् ।

शोधकर्ताहरुका अनुसार दक्षिण एसियाली मुलका ६० प्रतिशत र युरोपीय मुलका १५ प्रतिशत मानिसमा यो वंशाणुगत जीनको हुन्छ । तर कोरोना खोपले यो जीनका कारण हुने जोखिमलाई निकै कम गर्छ । द निचर जेनेटिक्सको अध्ययनले बेलायतका केही समुदाय र दक्षिण एसियाली मुलुकमा मानिसहरुमा किन कोभिडको उच्च जोखिममा परेका हुन् भन्ने देखाउँछ ।

यसअघि भएको अध्ययनलाई आधार मानेर शोधकर्ताहरुले जेनेटिक शोध र आर्टिफिसियल इन्टेलिजेन्सको मदतबाट यो खास जीन पत्ता लगाएका हुन् । एलजेडटीएफएल–१ ९ीश्त्ँी ज्ञ० नाम दिइएको यो जीनेले कोभिड संक्रमणको समयमा जोखिम बढाउन भूमिका खेल्छ ।

शोधकर्ताहरुको अनुमान छ कि यो जीन अफ्रिका–क्यारेबियन मुलका २ प्रतिशत र पूर्वी एसियाली मुलका १।८ प्रतिशत जनसंख्यामा छ । मुख्य शोधकर्ता जेम्स डेविसका अनुसार यो जीन सबै मानिसलाई समान असर गर्दैन । कुन व्यक्तिलाई यसका कारण कति जोखिम हुन्छ भन्ने थुप्रै कुरामा निर्भर रहन्छ, जसमध्ये एउटा उमेर पनि हो ।

अध्ययनकर्ताहरुका अनुसार जोखिमपूर्ण यो जीनको उपस्थितिले मानिसको फोक्सोलाई कोरोना भाइरसबाट बढी खतरा रहन्छ । उनीहरुको अनुमान छ कि यो जीनका कारण रोग प्रतिरोधका लागि फोक्सोले बनाउने कोष निर्माणको सुरक्षात्मक प्रणालीलाई नै असर गर्छ । जब फोक्सोका ती कोष कोरोना भाइरसको संसर्गमा पुग्छ, तब प्रतिरोधको एउटा उपाय स्वरुप ती कोषहरु भाइरसलाई कम प्रश्रय दिने खालका कोषमा परिणत हुन्छन् । यो प्रक्रियाका कारण कोषमा कोरोना भाइरस टाँसिने एसीई–२ नामक प्रोटिनको मात्रा कम हुन्छ ।

तर एलजेडटीएफएल–१ जीन भएका मानिसहरुमा कोषबाट प्रोटिन कम हुने प्रक्रियाले राम्ररी काम नगर्ने देखिएको छ, जसले गर्दा फोक्सोका कोषहरु कोरोना भाइरसको उच्च जोखिममा रहन्छन् । अनुसन्धानकर्ताहरुका अनुसार यो जीनले फोक्सोलाई असर गरे पनि शरीरको रोग प्रतिरोधी क्षमतालाई भने असर गर्ने छैन ।

Read more

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की विजयी

कास्की ।   पोखरा उद्योग वाणिज्य संघको ३५औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्की विजयी भएका छन् । भदौ २८ र २९ गते सम्पन्न भएको महाधिवेशन अन्तर्गत भएको मतदानको…

फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) आयो

१ फागुन, काठमाडौं । कोरोनाको विरुद्ध फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) नेपाल भित्रिएको छ । नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप पहिलो चरणमा ३…

टियुले भन्यो- ‘जनस्वाथ्यको मापदण्ड अपनाऔं’

पोखरा भ्यूज १४ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टयु) ले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन अनुरोध गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव…

तञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडीलाई कोरोना पोजेटिभ

ताञ्जानिया । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ । यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना…

दक्षिण कोरियामा पनि देखियो ‘ओमिक्रोन’

सोल । दक्षिण कोरियामा पनि कोभिड (१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका…

‘ओमिक्रोन’को सङ्क्रमण देखिएका मुलुकबाट आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश जारी

काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकबाट…