
2Shares
पोखरा भ्यूज
पोखरा । पर्यटकीय नगरी पोखरामा विगत १६ वर्षअघिदेखि शुरु भएको भाइटीका महोत्सवको १४ औं संस्करणको तयारी गरिएको छ । कोभिड १९ कारण दुई वर्ष निरन्तर रोकिएको भाइटीका महोत्सव यसवर्षदेखि पुनः निरन्तरता दिन लागिएको आयोजक संस्था पश्चिमाञ्चल होटल संघ पोखराले जानकारी दिएको छ ।
संघका अनुसार लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा शनिकार दिउँसो २ बजेदेखि महोत्सव शुरु हुनेछ । महोत्सवमा २० भन्दा बढी विदेशी पर्यटकसँग भाइटीका लगाउने अनुमान आयोजकको छ ।
तिहारको मौलिक सांस्कृतिकको संरक्षणका माध्यमबाट पोखरामा विदेशी पर्यटक आर्कषित गर्न महोत्सव गरिएको कार्यक्रम संयोजक दीपक श्रेष्ठले बताए । महोत्सवले कोभिड १९ ले धराशायी बन्न पुगेको पर्यटन व्यवसायमा आशा जगाउने विश्वास व्यवसायीको छ ।
2Shares








© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















