
पोखरा । माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष स्व. सूर्यबहादुर के.सी. को पोखरा नयाँ बजारस्थित बैंक परिसरमा अर्धकदको शालिक स्थापना गरिएको छ ।
पोखरामा माछापुच्छ्रे बैंक स्थापनामा स्व. के.सी.ले महत्वपूर्ण भूमिका खेलेको सम्झनामा सम्मान स्वरुप उक्त शालिक स्थापना गरिएको हो । शुक्रबार बैंक परिसरमा आयोजित एक विशेष समारोहबीच स्व. केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले शालिकको अनावरण गरेकी छन् । शालिक काठमांडौका कलाकार एवम् मुर्तिकार विकल प्रजापतिले बनाएका हुन्।
कार्यक्रममा पूर्वप्रहरी वरिष्ठ उपरीक्षक कृष्ण बहादुर थापाले स्व. के.सीको दुर दृष्टिले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको बताए । बैकं सञ्चालक कवि हरिभक्त सिग्देल (महेश) ले स्व के.सी भौतिक रुपमा नभएपनि उनको योगदान सूर्यको प्रकाश जस्तै अटल रहेको बताए ।
कार्यक्रममा स्व के.सीका जेष्ठ सुपुत्र प्रकाश के.सीले आफ्नो पिताजीको सोच र विचारलाई समाजले आत्मसाथ गरेकोमा खुशी व्यक्त गर्दै पिताका अधुरा कार्य पूरा गर्न के.सी परिवार कटिबद्ध रहेको जानकारी दिए ।

शालिक अनावरण समारोहमा माछापुच्छे् बैक का अध्यक्ष डा. वीरेन्द्र महत्तो, बैकंका कार्यकारी अधिकृत सन्तोष कोराला बैंक सञ्चालक समितिका सदस्य किरण के.सी, रोशन के.सी, निर्देशक जय मुकुन्द खनाल लगाएयले शालिकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।
झण्डै २२ वर्ष अगाडि पोखरालाई केन्द्र विन्दु बनाएर पर्यटन र आर्थिक क्षेत्रको विकास गर्न स्व. केसीले बैकको स्थापना गरेका थिए । स्व. के.सी. राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा सुपरिचित नाम हो । तत्कालीन राप्रपाको केन्द्रीय कोषाध्यक्ष एवं समानुपातिक सासंद बनेका के.सी. पछिल्लोपटक नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
उनी नेपाली काँग्रेसका तर्फबाट समानुपातिक सासंद थिए । रारा चाउचाउको उत्पादन गरी दक्षिण एशियासम्म चर्चा बटुल्नेमध्येका के.सी. पनि एक थिए । पोखराको व्यापारिक घरानामा के.सी.अग्रस्थानमा थिए । उनको डेढवर्षअघि मृत्यु भएको थियो ।







सम्बन्धित खवर
















