15Shares

उदयपुर । तिहार र छठ पर्वमा उदयपुरमा लाखौँ मूल्यको केरा बिक्री भएको छ । जिल्लाको केराको पकेट क्षेत्र त्रियुगा नगरपालिकामा सबैभन्दा धेरै केरा बिक्री भएको छ ।

त्रियुगा–१ जोगिदह र चौदण्डीगढी नगरपालिका–९ हँडिया र वडा ५ सुन्दरपुर क्षेत्रमा यसपटक तिहार र छठमा लाखौँ मूल्य बराबर केरा बिक्री भएको छ किसानहरुले बताएका छन् ।

त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह र चौदण्डीगढी नगरपालिकाको हँडिया र सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा अत्यधिक केराको कारोबार भएको उनीहरुको भनाइ छ ।

जोगिदहका केरा व्यवसायी कृष्णदेव चौधरी तिहार र छठमा रु एक लाख ५० हजारभन्दा बढीको केरा बिक्री गरेको बताए । तिहार र छठमा जोगीदह क्षेत्रमा मात्र झण्डै रु आठ लाखभन्दा बढीको केरा बिक्री भएको अर्का कृषक पदम खड्काले बताए ।

चौदण्डीगढीको हँडियामा मात्र तिहार र छठमा गरेर दशौँ लाख मूल्यको केरा बिक्री भएको हँडियाका देवदत्त चौधरीले सुनाए ।

कोरोना सङ्क्रमणका कारण असोज अघि उत्पादन भएको केरा बिक्री हुन नसकेको कृषकहरुको गुनासो थियो । दसैँ, तिहार र छठमा केरा बिक्री भएपछि उदयपुरका केरा उत्पादक कृषकहरुले राहतको सास फेरेका छन् ।

उक्त क्षेत्रमा उत्पादन भएको गाईघाट, बेल्टार, सप्तरी र सुनसरीका विभिन्न बजारमा बिक्री भएको थियो । केरा व्यापारी केरा खरिदका लागि घरमै आएका कृषक बताउँछन् । जिल्लामा वार्षिक रु दुई करोडभन्दा बढीको केरा बिक्री हुने गरेको तथ्यांक छ ।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected