44Shares

भिमाद, मंसिर

बाबा फ़ाउण्डेशन नेपालले अन्तरराष्ट्रिय बाल दिवसको अवसरमा बिधालयमा बाल कार्यक्रम गरी मनाएको तनहुँको भिमादनगरपालिका, टेक्रे स्थित बाल बिकास माध्यमिक विद्यालयमा शनिवार  अन्तरराष्ट्रिय बाल दिवस सम्बन्धी विभिन्न कार्यक्रमहरुसञ्चालन गरि मनाएको हो

कार्यक्रममाहरेक बच्चाको लागि राम्रो भविष्यभन्ने अन्तरराष्ट्रिय नाराका साथ प्रत्येक बालबालिकाको उज्जल भविश्यनै समृद्धनेपालको आधार बन्न सक्ने कुरामा जोड दिईएको थियो

सो अवसरमा बाबा फ़ाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठले अति विपन्न, गरिब तथा जेहनदार छात्राछात्रलाई शैक्षिक सामग्रीहस्तान्त्रण गरेका थिए बिधालयमा अध्ययन गर्ने अति विपन्न, गरिब तथा जेहनदार छात्राछात्रलाई करिव एक लाख २५ हज़ार मूल्यबराबरको शैक्षिक सामग्री हस्तान्त्रण गरेको कार्यक्रम संयोजक एवं बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले जानकारीदिएका छन्

वितरण गरिएको शैक्षिक सामग्रीमा १०२ दर्जन कापी सहित पेन्सिल, सार्पनर, इलेज़र, स्केल, ज्यामिति बक्स, बलपेन, भलिवल, बालमनोविज्ञानका पुस्तकहरूमलाई बुझ्नुसचेतना भाग लगाएतका रहेका थिए

अध्यक्ष श्रेष्ठले फ़ाउण्डेशन मार्फ़त बालबालिकाको अधिकारको वकालत गर्न, प्रवर्द्धन गर्न बालअधिकार पूर्ण सुनिश्चितताका लागिआफूहरु लागि परेको बताए श्रेष्ठले हामी प्रत्येकले बालबालिकाको अधिकारलाई बढावा दिन, बालबालिकाका लागि राम्रो संसारनिर्माण गरि यी कोपिलाहरुको कल्याणका लागि उपयुक्त वातावरण सिर्जना गर्ने सम्बन्धि समाजमा जागरुकता फैलाउने काम गर्नु पर्नेमाजोड दिएका थिए

बिधालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिं थापा, सहायक प्र योगमाया थापाले बिधालयको गतिबिधी बारे प्रकाश पार्दै प्राप्तशैक्षिक सामग्री लक्षित बिधार्थीलाई वितरण गरिने बताए

44Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected