
काठमांडौं
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरका हुन् ।
दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित उनले पार्टीमा युवाहरुको नेतृत्वका लागि केन्द्रीय समितिमा जान चाहेको बताए। सक्रिय पार्टी राजनीतिमा लाग्दै गर्दा शिवाकोटीले हाम्राकुरा डट कमको सम्पादकीय नेतृत्वबाट राजिनामा दिएकोसमेत बताए। उनी हाम्रकुरा डटकमका प्रधानसम्पादक थिए। त्यसैगरी प्रेस युनियनमाको राजनीतिमासमेत आफू नफर्कने शिवाकोटीले बताए।
आफू गुटभन्दा साझा उम्मेदवारको रुपमा अघि बढेको उनले दाबीसमेत गरे। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैको आफूलाई सदासयता रहेको उनको भनाइ थियो। उनले महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गर्ने र आफूले केन्द्रीय सदस्य जित्ने दाबीसमेत गरेका छन् ।
कांग्रेसमा खुलातर्फ ३५ जना केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुने विधानको व्यवस्था छ। मनोनित ३३ सहित विभिन्न कलष्टरबाट केन्द्रीय सदस्य निर्वाचित हुँदै समग्रमा १६८ सदस्यीय कांग्रेस केन्द्रीय समिति बन्छ।






सम्बन्धित खवर















