कास्की काँग्रेसको सभापतिमा नेता गौतमको दावेदारी
- November 24, 2021
- 11394

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेसका नेता गिरिराज गौतमले कास्की काँग्रेसको सभापति पदमा दावेदारी प्रस्तुत गर्ने घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न कास्की १ को क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका गौतमले मंसिर १० गते हुने जिल्ला अधिवेशनमा सभापति लड्ने घोषणा गरेका हुन् ।
‘गुटगत मनोदशाले काँग्रेसभित्र विचलन आएको छ,’ सभापतिका प्रत्यासी गौतमले भने, ‘असल काँगेस निर्माण गरी संगठनलाई चलायमान बनाउन मेरो उमेद्वारी घोषणा भएको हो । तर कुनै गुटगत र स्वार्थगत समूहसँग मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’
स्थानीय तथा केन्द्रीयस्तरमा समेत निष्ठा र इमान्दार नेताको छवि बनाएका गौतम विगत चारदशक भन्दा समयदेखि निरन्तर काँग्रेस राजनीतिमा क्रियाशील छन् । राजनीतिक मूलधारलाई केन्द्रमा राखेर विभिन्न सामाजिक संस्थासंस्थाका माध्यमबाट पनि सामाजिक क्षेत्रको उत्थान र विकासमा गौतमको योगदान प्रशंसनीय छ ।
काँग्रेसी कार्यकर्ताको सुख दुःखमा सधैं साथ रहने गौतम कास्कीका लोकप्रिय, भद्र, शालिन र सरल नेताका रुपमा सुपरिचित छन् ।
काँग्रेसको १० औं अधिवशेनमा तत्कालीन अर्घौ गाउँ समितिमा रहेका गौतम ११ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि हुँदै तत्कालीन इलाका नं. ४ को सभापति भएका थिए ।
त्यस्तै १२ औं अधिवेशनमा जिल्ला समिति कास्कीको सदस्यमा निर्वाचित गौतम १३ औं महाधिवेशनमा महासमिति सदस्य समेत बनेका गौतम सोमबार भएको निर्वाचनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेपछि जिल्ला सभापति लड्ने भएका हुन् ।
मंसिर १० गते हुने जिल्ला अधिवेशनमा कास्की काँग्रेसका सचिव सुदिप मोहन भट्टराई, सरस्वती गुरुङ, किशोरदत्त वराल, पोषनाथ शर्मा, आइबहादुर गुरुङ समेतका नेताहरु सभापति पदका लागि आकाँक्षी छन् ।








सम्बन्धित खवर
















