नेपाली कांग्रेस कास्कीको सभापतिमा बराल विजयी
- November 27, 2021
- 3501

पोखरा भ्यूज
पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । दोस्रो चरणको मतदानमा सुदीप मोहन भट्टराईलाई ८० मतान्तरले पछि पार्दै बराल सभापति चुनिएका हुन् ।
शनिबार सम्पन्न मतदानमा कूल १९ सय २६ मत खसेको थियो । खसेको मतमध्ये बरालको पक्षमा ९९५ र भट्टराईको पक्षमा ९१५ परेको छ ।
शुक्रबार सम्पन्न मतदानमा सभापति पदमा प्रतिस्पर्धा गरेका पाँच जनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढ़ी मत प्राप्त गर्न नसके पछि शनिबार दोस्रो चरणको मतदान भएको हो ।
पहिलो चरणमा बराल, भट्टराई सहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतमले सभापति पदमा प्रतिस्पर्धामा थिए ।
पहिलो चरणको चुनाबाट गुरुङ, शर्मा र गौतम बाहिरिएपछि बराल र भट्टराईबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो ।
पहिलो चरणमा पराजित भएका सभापति पदका तीनै जना उम्मेदवारले दोस्रो चरणमा उम्मेदवार भट्टराईलाई समर्थन गरी आम मतदातालाई सुदिपको पक्षमा मतदान गरी सघाउन संयुक्त विज्ञप्तिमाफर्तत् आव्हान गरेका थिए ।
उम्मेदवारहरुको आग्रह र समर्थनलाई मतदाताले स्वीकार गरेनन् । मतदाताहरुले पहिलो चरणबाट बाहिरिएका हरुवा उम्दवारहरुले गरेको आग्रह दास मनोवृत्ति भएको भन्दै मदानस्थलमा विरोध मात्र गरेनन् । उनीहरुले गोप्य मतदानबाट समेत किशोरको पक्षमा मतदान गरी सवक सिकाउने काम समेत गरे ।
पहिलो चरणमा सभापतिका उम्मेदवार बरालले सबैभन्दा धेरै ६४४ र भट्टराईले ४७२ मत प्राप्त गरेका थिए । यसैगरी गुरुङले ४६२, शर्माले३३५ र गौतमले ६३ मत प्राप्त गरेका थिए ।
कास्की कांग्रेसको पदाधिकारीहरुको पनि मतगणना जारी छ । सबै परिणाम आइतबार मध्यान्हसम्म आइसक्ने आँकलन गरिएको छ ।
राति २ बजेसम्ममा २०० मत गन्दा उपसभापतिमा युवराज कुँवर र रामबाबु भण्डारी, सचिवमा भानु ढकाल र कृष्णप्रसाद तिमिल्सिना, सहसचिवमा नवीन सिग्देल र शंकर ढुंगाना, विकास थापा अगाडि छन् ।







सम्बन्धित खवर
















