
पोखरा भ्यूज ।
बाबा फाउन्डेसन नेपालले लम्जुङको राइनास नगरपालिकास्थित नौ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।अन्तर्राष्ट्रिय बालदिवसको सन्दर्भमा शनिबार तीनपिप्लेको प्रगति प्राथमिक विद्यालयको प्राङ्गणमा फाउन्डेसनका अध्यक्ष दिलिपराजश्रेष्ठले नौ वटा विद्यालयका प्रधानाध्यापकहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन।

‘हरेक बच्चाको लागि राम्रो भविष्य’ भन्ने अन्तर्राष्ट्रिय बालदिवसको नारा मुताविक बालबालिकाको सुन्दर भविष्य र वातावरणका लागिशैक्षिक सामग्रीले सहयोग पुग्ने धारणा राख्दै फाउन्डेसनका अध्यक्ष दिलिपराज श्रेष्ठले अति विपन्न, गरिब तथा जेहन्दार विद्यार्थीकालागि निरन्तर काम गर्ने बताए ।
गण्डकी प्रदेशको ११ जिल्लाका विद्यालयमा पुग्ने अभियान अन्तर्गत आफ्नै जन्मथलो लम्जुङमा आएर बालबालिकालाई शैक्षिक सामग्रीहस्तान्तरण गर्न पाउँदा गौरवबोध भएको श्रेष्ठको भनाइ थियो । उनले सामुदायिक विद्यालयको गुणस्तरीयता कायम गर्न मर्जरमा गएरविद्यालय सुधार कार्यक्रम सञ्चालन गर्न सरोकारवालाहरूलाई आग्रह गरे । विद्यालयको भौतिक समस्या र शैक्षिक वातावरण सुधारमासहयोग गर्न पाउनु संस्थागत सामाजिक उत्तरदायित्व भएको बताए।

राइनास नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत पूर्णबहादुर नेपालीले राइनासका विद्यालयलाई बाबाफाउन्डेसनकोको यो गर्विलो सहयोग पहिलो पटक भए पनि भावी दिनमा निरन्तरता दिन आग्रह गरे । नेपालीले नगरपालिकाभित्रका २५वटा प्राथमिक विद्यालय मध्ये अति विपन्न विद्यार्थीहरू पढ्ने ९ वटा विद्यालयलाई चयन गरेको जानकारी दिए । विद्यार्थीको सिकाइसहयोगमा योगदान पु¥याउने सामग्री विद्यार्थीको हातमा पु¥याउन सम्बन्धित विद्यालयका प्रधानाध्याकहरूलाई आग्रह गरे।

नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक कर्मचारीका लागि वार्षिक १८ करोड तलवभत्ता विनियोजन गर्छ । ३६ लाखको भवननिर्माण गर्छ तर विपन्न वर्गका विद्यार्थीको पठनपाठनका लागि शैक्षिक सामग्री उपलब्ध गराउने बजेट छैन भन्नु हाम्रो वाध्यता भएकोनेपालीले बताए।
फाउन्डेसनका सचिव टंकराज अधिकारीले ३ सय ५ दर्जन कापीसहित डटपेन, पेन्सिल, कटर, इरेजर, स्केल, जोमेट्रिक बस्क, भलिबल, नेट, बालमनोविज्ञानका किताबसहित ५ लाख बराबारको सामग्री वितरण गरेको जानकारी दिए।
बाबा फाउन्डेसनले देवी प्राथमिक विद्यालय कोके गाउँ , अमरज्योति प्रावि पिपलटारी, चम्पावती प्रावि टिमुरे, गौतम प्रावि प्यारजुङ, महेन्द्र प्रावि बोराङ, वसन्तवती प्रावि विरौटा, सरस्वती प्रावि सालडाँडा, प्रगति प्रावि सिम्ले, र सरस्वती प्रावि ज्यामिरेलाई शैक्षिक सामग्रीउपलब्ध गराएको थियो।
वि.सं. २०६५ सालमा पोखरामा स्थापित बाबा फाउन्डेसन नेपाल बालबालिका र वातावरणको क्षेत्रमा काम गर्दै आएको नाफारहितसंस्था हो । ’नेपाली मन, नेपाली पन र नेपाली धन’ को भावनाले ओतप्रोत संस्थाले बालबालिकाका लागि शैक्षिक वातावरण बनाउनप्रतिवद्ध रहेको छ।
फाउन्डेसनले ‘सबैको लागि समान शिक्षा कार्यक्रम’ अन्तर्गत स्कुले बालबालिकाको शैक्षिक विकासमा जोड दिँदै आएको छ ।फाउन्डेसनले गत साता तनहुँको भिमाद नगरपालिका २ टेक्रेस्थित बालविकास माध्यमिक विद्यालयमा पनि शैक्षिक सामग्री वितरण गरेकोथियो । शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यार्थी सहित अभिभावकको बाक्लो उपस्थिति थियो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा रोटरी क्लव अफ न्युरोड पोखराले सहकार्य गरेको थियो । प्रगति प्राथामिक विद्यालयकाव्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक राजनभट्टले गरेका थिए।








सम्बन्धित खवर
















