
काठमाडौं । सकारले राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवको सरुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्रालय, सहरी विकास मन्त्रालयका सचिव डा रमेश सिंहलाई अतिरिक्त समूहमा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
यस्तै निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जल तथा ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा, सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा र प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भरतमणि सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।
बैठकले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त गरेको बताइन्छ ।







सम्बन्धित खवर
















