20Shares

पोखरा भ्यूज 

पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले गण्डकी प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागका प्रमुख जोशीले मंगलवार पोखरामा आयोजित एक समारोहमा उपस्थित आफ्ना समर्थक र शुभेच्छुकका साथ उमेद्वारी घोषणा गरेका हुन् ।

घोषणा सभामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट, कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्का, शिक्षा, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, सञ्चार, कानून तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा, कास्की काँग्रेसका नवनिर्वाचित सभापति किशोरदत्त बराल, कास्की कांग्रेसका पुराना नेता खेमराज पौडेल, सोभियत बहादुर अधिकारी, भोला थापा लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा मंसिर १६ गते मतदाता नामावली प्रकाशन, १७ गते उम्मेद्वारको मनोनयन १८ गते मतदान हुँदैछ

आफ़नो उमेदवारी घोषणा गर्दै नेता जोशीले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको संगठन थप बलियो बनाउन आफुले उमेद्वारी दिएको बताउदै गण्डकी प्रदेशमा कांग्रेसलाई एकजुट बनाएर लैजान आफूले सभापतिमा उम्मेदवारी दिएको उनले बताए गण्डकी प्रदेशको सशक्तीकरण लोकतान्त्रिक पद्दतिको सुदृढीकरण नै आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए

उनले प्रधानमन्त्री एवं पाटी सभापति शेरबहादुर देउवाले पार्टीलाई एक नम्बर बनाउने अभियानलाई सहयोग पुर्‍याउन आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिएको दावी गरे । ‘आगामी निर्वाचनमा गण्डकी प्रदेशमा बहुमत ल्याउने गरी मैले काम गर्ने छु’ उनले भने ।

घोषणा सभामा बोल्दै नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले मुलुक विभिन्न खाले समस्याबाट गुज्रिरहेको बेला उत्पन्न राजनीतिक संकटबाट सफल अवतरण गराउने जिम्मा कांग्रेसको काँधमा आएको बताए । उनले अहिले चर्चामा रहेको एमसीसी बारे आफुले गहन अध्ययन गरेको तर बोलेर पनि कुनै सुनुवाई नहुने भन्दै सबै दलले स्वार्थलाई त्यागेर अहिलेको तरल राजनीतिलाई अवस्थालाई सही दिशा दिनुपर्ने सुझाउ दिए

गण्डकी प्रदेशमा देउवा पक्ष एकजुट भएर सभापति उम्मेदवार घोषणा गरिरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने विभाजित देखिएको छ । पौडेल पक्षबाट गण्डकी प्रदेश सभापतिमा कास्कीका नेताहरू शुक्रराज शर्मा, यज्ञबहादुर थापा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल, पूर्वी नवलपूरका महेन्द्रध्वज जिसी लगाएत आकांक्षी रहेका छन्।

महामन्त्रीका लागि नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी, गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठ साथै सहमहामन्त्रीमा गोर्खाका राजनराज पन्त, कास्कीका ऋषीराम काफले, तनहुँका झुल बहादुर आले लगायतले सामाजिक संजालमार्फ़त आकांक्षी रहेको खुलाएका छन

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected