२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

लायन्सको दशौं महाधिवेशन पोखरामा हुने

पोखरा भ्यूज । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दशौं महाधिवेशन पोखरामा हुने भएको छ ।
महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्बर सिं गुरुङ संयोजक रहले गरी ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा लायन्स क्लब अफ पोखरा सेती गण्डकीका पूर्व अध्यक्ष मिलन थापा, लायन्स क्लब अफ हेम्जाका पूर्व अध्यक्ष मोतिराज तिमिल्सीना र लायन्स क्लब अफ पोखरा गण्डकीका पूर्व अध्यक्ष पुजन शाक्य रहेका छन् ।
त्यस्तै सदस्य सचिवमा लायन्स क्लब अफ पोखरा लेखनाथ मधुसुदन कोईराला, कोषाध्यक्षमा लायन्स क्लब अफ पोखरा यूनाईटेड चौतारीका पूर्व अध्यक्ष राजु श्रेष्ठ रहेका छन् । सदस्यहरुमा पोखरा सृजना चौतारीका संस्थापक अध्यक्ष बालकृष्ण बराल, पोखरा स्टकका संस्थापक अध्यक्ष नारायणहरी भण्डारी र पोखरा फेवा फुलवारीका संस्थापक अध्यक्ष शंकर बहादुर जी रहेका छन् । साथै, सल्लाहाकारमा पोखरा गण्डकीका पूर्व अध्यक्ष विमला श्रेष्ठ र पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष सोनाम स्याङपो रहेका छन् ।
महाधिबेशन माघ २९ गते पोखरा नयाँ बजार स्थित पर्दशनी केन्द्रमा हुने आयोजकले जनाएको छ । महाधिवेशन सफल पार्न विभिन्न ४९ वटा विभिन्न उपसमितिहरु बनाइएको छ ।
पर्यटकीय नगरी पोखरामा हुने लायन्सको महाधिवेशनले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष योगदान पुग्ने मूल आयोजक समितिका संयोजक डम्बर सिं गुरुङले जानकारी दिए । देशभरबाट लायन्स सदस्यहरु पोखरा आउने हुँदा महाधिवेशनले पर्यटन क्षेत्रमा प्रत्यक्ष योगदान पु¥याउने छ, र पोखरा महाधिवेशनलाई सकेसम्म राम्रो र व्यवस्थित बनाइने उनले बताए ।
हाल नेपालमा कायम रहेका ४ वटा डिष्ट्रिक्टमा सन् २०२२ पछि १५ वटा डिष्ट्रिक्ट हुनेछन् । मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालमा ए वान, ए टु, बि वान र बि टु कायम रहेका थिए । यस दशौं महाधिवेशनबाट डिष्ट्रिक्ट ३२५ बि १ नेपालमा ५ वटा डिष्ट्रिक्ट हुनेछन् । जस्मा डिष्ट्रिक्ट ३२५ आई, जे, के, एल र एम हुने दशौं महाधिवेशनका मूल आयोजक समितिका सदस्य–सचिव मधुसुदन कोईरालाले जानकारी गराए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…