२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

संरक्षित क्षेत्र घोषणा र विस्तार खारेजीको माग गर्दै वन महासंघ आन्दोलित

पोखरा भ्यूज । सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन ऐन एवम् नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा विस्तार कार्य समुदायको विरुद्धमा रहेको भन्दै खारेज गर्न माग गरेको छ ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आज गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दिपक थापालाई कार्यकक्षमा ज्ञापन पत्र बुझाउदै संघीय वन नियमावलीको मस्यौदाको नियम २३(३) मा सामुदायिक वनको ५० प्रतिशत
काठ जिल्लावन पैदावार आपुर्ति समितिमा उपलव्ध गराउनु पर्ने व्यवस्था तत्काल खारेज गर्न माग गरिएको छ ।
गण्डकी प्रदेशको वन ऐन समुदायको अधिकार सुनिश्चित हुनेगरि सामदायिक वन उपभोक्ता महासंघ नेपालको सहमतिमा तत्काल निर्माण गरि कार्यान्वयनमा ल्याउनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्रदेशमा असफल प्रमाणीत भएको चाक्ला वन र साझेदारी वनको अवधारणालाई निर्माण गरिने प्रदेश वन ऐन मस्यौदामा खारेज गरिनुपर्ने, सामुदायिक वनहरु र सरकारको संयुक्त लगानिमा आधारित गौरबको आयोजना वन उद्यम सञ्चालन गरि हरित रोजगारीका अवसर सिर्जना गरिनुपर्नेमा जोड दिइएको छ ।
अन्नपूर्ण संरक्षित आयोजना(एक्याप) लाई गण्डकी प्रदेश सरकारको मातहतमा ल्याई समुदायमा आधारित व्यवस्थापन प्रणाली लागु गर्नुपर्नेमा जोड दिंदै राष्ट्रिय निकुञ्ज तथा बन्यतन्तु संरक्षण ऐन २०२९ तत्काल खारेज गरि सामुदायिक सहभागितामा नयाँ ऐन बनाएर लागु गर्न पेश गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपाल सरकारले बैज्ञानिक वन व्यवस्थापन प्रणालीलाई खारेज गरेमोमा धन्यवाद दिंदै सामुदायिक वन उपभोक्ता समुहको परम्परागत ज्ञान र सिपको प्रयोग गर्दै वनको सघन रुपमा व्यवस्थापन गर्ने खालको अधिकार मुखी दिगो वन व्यवस्थापन पद्धतिमा आधाति दिगो वन व्यवस्थापन मापदण्ड छिटो भन्दा छिटो कार्यान्वयन गर्नुपर्नेमा महासंघको जोडदार माग रहेको छ ।
सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजनाको अवधी सकिए पश्चात नियमित परिमार्जन गर्ने कार्यका लागि प्रदेश सरकार मातहत रहेका वन कार्यालयहरुबाट तत्काल प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउनका लागि प्रदेश मन्त्रालयबाट सम्बन्धित कार्यालयहरुलाई परिपत्र गरी सामुदायिक वनमा सहज वातावरण सृजना गर्नुपर्नेमा ज्ञापनपत्रमा जोड दिइएको छ ।
सो अवसरमा मन्त्री थापाले ज्ञापन पत्र ग्रहण गर्दै सरकार र सामुदायिक वन समुहको सहकार्यमा प्राकृति श्रोत साधनको भरपुर उपयोग गर्दै आयआर्जनसंग जोड्नेतर्फ लाग्नुको विकल्प नरहेको बताए ।
प्रदेश वन ऐन तथा नियमावली निर्माण भई रहेको उल्लेख गर्दै तयार भएको मस्यौदालाई अन्तिमरुप दिंन वन महासंघ लगायत सरोकारवाल सवै पक्षसंग छलफल गरेर अन्तिमरुपमा दिइने उनले प्रतिवद्धता व्यक्त गरे ।

स्थानीय समुदायको प्राकृतिक श्रोत माथिको अधिकारको रक्षा गर्दै गरिव तथा विपन्न गएको जीवनस्तरमा सकारत्मक परिवर्तन ल्याउनका लागि पैरवी गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालमा २२ हजार भन्दा बढी वन समूह आवद्ध रहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
सामुदायिक वनको अधिकार कटौति गर्ने र मानव अधिकारको समेत उल्लंघन गर्नेगरी विभिन्न नामका संरक्षित क्षेत्रहरु घोषणा र विस्तार गर्ने, सामुदायिक वनमा अन्यायपूर्ण किसिमको कर लगाउने र वन पैदावारको नियमित उपयोगमा अवरोध सिर्जना गर्ने जस्ता कृयाकलाप बन्द गर्नुपर्नेमा जोड दिंदै उनले भने मागको सम्वोधन नभएमा महासंघ विरोध सभा, धर्ना लगायत दोश्रो चारणको आन्दोलन गर्न बाध्य हुने छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सचिव ठाकुर भण्डारीका अनुसार अधिकारको सुनिश्चितताको माग गर्दै मुलुकका सात वटै प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय र जिल्लाका हकमा डिभिजन वन कार्यालयमा माग सहितको ज्ञापन पत्र बुझाउने तयारी भई रहेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…