ओछ्यानमा पिसाब गरेको भन्दै होस्टल वार्डेन नेपालीले बालकको लिङ्गमा रबरले बाँधेपछि..
- December 22, 2021
- 2358

पोखरा । ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय छात्रको लिङ्गमा रबरले बाँधेर दण्ड दिने पोखराको एक निजी होस्टल वार्डेन पक्राउ परेकी छन् । प्रहरीले पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका नेपालीलाई उक्त कसूर गरेको अभियोगमा पक्राउ गरेको हो । प्रहरीका अनुसार डोल्पा घर भएका पीडित बालक पोखरास्थित सिद्ध स्कूलमा नर्सरीमा अध्ययरत छात्र हुन् । हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलमा ९ विद्यार्थी छन् ।
नेपालीले राति ओछ्यानमा पिसाब गरेको भन्दै सोमबार बिहान बालकको लिङ्गमा रबरले बाँधेर सजायँ दिएकी थिइन् । लामो समयसम्म लिङ्ग बाँधिएका कारण उनको पिसाब नली थुनिदाँ असह्य भई ती बालक कक्षा कोठामा चर्को स्वरमा रोएपछि मात्र उनको लिङ्ग बाँधिएको खुल्न आएको प्रहरीले बताएको छ । त्यतिबेला सम्म पिसाब थुनिएर बालकको पेट फुलिसकेको समाचार स्रोतले बताएको छ । बालकको स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको छ ।
पक्राउ परेकी नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले बताएको छ ।








सम्बन्धित खवर
















