74Shares

पोखरा भ्यूज । कास्कीको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको पालिकाले विहिवारगाउँपालिकाको वडा नं झोवाङ स्थित वडा कार्यालय परिसरमा चालु आर्थिक बर्षको पहिलो चौमासिकमा भए गरेका कार्यक्रमहरुको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले पहिलो चौंमासिक अवधिसम्म पालिकामा भएको आय, व्यय तथा समग्र प्रगति अवस्थाको विवरण प्रस्तुत गरेका थिए पौडेलले गाउँपालिकाबाट सम्पादन भएका कार्यक्रमहरु, बजेट, उपलब्धि आइपरेका समस्याहरुको प्रस्तुती पछि स्थानीय नागरिकहरुले गाउँपालिकालाई प्रश्नहरु राखेका थिए

कार्यक्रमका अध्यक्ष एवं गाउँपालिकाका उपाध्यक्ष सगुन गुरूङले गाउँपालिकाबाट प्रवाह भएका सेवाहरुको पारदर्शीता, जवाफदेहिता जिम्मेवारीपनमा गाउँपालिका सधै उत्तरदायी भएको बताउदै सहभागीहरुको प्रश्नको उत्तर दिनुभएको थियो

कार्यक्रममा पालिकाका बिभागिय प्रमुखहरू क्रमशः शिक्षा शाखाका बलराम भुगाई, लेखाका सरिता गौतम, प्रशासनका ठाकुर अधिकारी, प्राविधिकबाट राजन गौतम, स्वास्थ्य शाखाका ऋषीराम पौडेल, सूचना प्रविधिका सूर्य तिमिल्सिना, पशुपंक्षि शाखाबाट ऋषी दाहाल, कृषिबाट मनोज कड़ायत, वड़ा सचिव लगायतको उपस्थिति रहेको थियो

कार्यक्रममा स्थानीय वासिन्दाहरू नेकपा समाजवादीका गण्डकी प्रदेश सदस्य प्रेम प्रसाद पौडेल, नेकपा एमाले अन्नपूर्ण गाउँपालिका वडा नं वडा कमिटीका अध्यक्ष लालबहादुर क्षेत्री, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं वडा इकाई सभापति नरहरी पौडेल, साविक सल्यान गाविस वडा नं का वडाध्यक्ष अर्जुन बहादुर केसी लगाएतका स्थानीयहरुले गाउँपालिकाको तर्फबाट सम्पादन भएका कामहरुको बारेमा जिज्ञासा राखेका थिए 

अन्नपूर्ण गाउँपालिका वडा नं का वडाध्यक्ष जीवनाथ पौडेलले जनप्रतिनिधिहरुले काम गर्दा आर्थिकरुपमा प्रभावमा नपरी काम गरेको बताएका थिए उनले वडा जनप्रतिनिधिहरुले सवैलाई एकै नजरले हेर्दै समान ब्यवहार गरेको समेत बताएका थिए कार्यक्रमको सहजीकरण एण्ड मिडिया प्रालिका संचालक टंकराज अधिकारीले गरेका थिए

कार्यक्रममा पालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल बिकास संस्था, कर्मचारी, बुद्वीजीवी, व्यापारी, आमा समूह लगायत पालिकावासीहरूको उल्लेख्य सहभागिता रहेको थियो

कार्यक्रममा पालिकाको समसायिक गतिविधि, विकास निमार्ण, सडकबत्ति, खानेपानी, फोहोर व्यवस्थापन लगायत अन्य विषय वस्तुहरूमा समेत जिज्ञासा सो को वारेमा चर्चा गरिएको थियो

 

74Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected