२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

प्रदेश निर्माण व्यवसायि संघमा टंकराज

पोखरा भ्यूज । गण्डकी प्रदेश निर्माण व्यवसायी संघको सम्पन्न प्रारम्भिक साधारण सभा एवम् अधिवेशनले कास्कीका टंकराज बरालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।
समितिको उपाध्यक्षत्रय बाबुराम श्रेष्ठ(गोरखा), युवराज राजभण्डारी (बागलुङ) र रत्नकुमार श्रेष्ठ (तनहुँ) महासचिव कृष्णप्रसाद लम्साल(कास्की) सचिवद्वय दामोदर घिमिरे (कास्की) र प्रेम अर्याल (नवलपुर), कोषाध्यक्षमा दिपेन्द्र आचार्य(कास्की) र सहकोषाध्यक्षमा हलिम मिया (स्याङजा) निर्वाचित भएका छन ।
त्यसैगरि सदस्यहरुमा कविता श्रेष्ठ, विश्वराज खनाल, भिम राना, सूर्यनाराण बराल, जगत बहादुर थापा, दलबहादुर राना, ऋषि गौतम, प्रकाश वानिया, दिपक थापा, रोशन के.सी, सन्तबहादुर नेपाली तथा प्रदेशका ११ जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था रहेको छ ।


निर्माण व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष रवि सिंहले अधिवेशनको उद्घाटन गर्दै राज्यले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्नु पर्ने आवश्यकता औल्याए ।
व्यवसायिक बिचको बढ्दो अस्वस्थ प्रतिस्पर्धाको कारण निर्माणको काम समयमा सम्पन्न नहुने र अलपत्र हुने गरेको बताउँदै उहाँले कर्तव्य पुरा गरेर अधिकार खोज्न व्यवसायीलाई सचेत हुनु पर्नेमा जोड दिएका छन ।
संघका केन्द्रीय उपाध्यक्षद्वय एडि लामा, राजेन्द्र पहारी, महासचिव रोशन दाहाल र संघका मानार्थ सदस्य शिवशंकर गौतमले हक अधिकारका लागि व्यवसायिकहरु संगठित भएर अघि बढ्नु पर्नेमा जोड दिंदै तोकिएको समयसंगै गुणस्तरीय निर्माणमा जोड दिए ।
संघका अध्यक्ष ओमप्रसाद गौचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिव रश्मि आचार्य, नेपाली कांग्रेसका नारायण श्रेष्ठ, गण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिवबहादुर कोइराला, निर्वाचन संयोजक अधिवक्ता हरि सुवेदी, इमनाथ खनाल, नवलपुर जिल्ला अध्यक्ष गौमाया खण्डलु, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी समितिका केन्द्रीय अध्यक्ष हुमनाथ कोइराला, नेपाल निर्माण उद्योग परिषदका अध्यक्ष खोपनिधी लोहोनी लगायतले निर्माण कार्यमा सवैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गरे ।
प्रदेश अन्तर्गत ११ जिल्लाका २५३ जना निर्माण व्यवसायिकहरुको सहभागिता रहेको सो अधिवेशनमा बार्षिक लगभग दुई खर्व रकम बराबरका बिभिन्न भौतिक निर्माणका काम गर्दै आएको संघका निवर्तमान सचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिए । मुलुकको संघीय संरचनासंगै पश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवसायि संघलाई प्रदेश निर्माण व्यवसायी संघमा परिणत गरिएको उनको भनाई छ ।

 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…