13Shares

पोखरा भ्यूज
पोखरा ।नेपाली काँग्रेस कास्कीको पूर्णबैठकबाट अनुमोदन भएको औपचारिक कार्यक्रम सञ्चालसम्बन्धी मापदण्ड पहिलोपटक वीपीको प्रिय मान्छे (?) पूर्वमन्त्री यज्ञबहादुर थापाले उल्लंघन गरेका छन् । ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका सन्दर्भमा शुक्रबार पोखरामा आयोजित प्रवचन तथा सम्मान कार्यक्रममा पूर्वमन्त्री थापाले कास्की काँग्रेसको पूर्णबैठकबाट अनुमोदित औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्डको उल्लंघन गर्दै अराजक शैलीमा प्रस्तुत भएका हुन् ।

कार्यक्रम शुरु हुनुअघि नै कास्की काँग्रेसका सभापति किशोरदत्त वरालले पूर्णबैठकबाट अनुमोदित औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड सार्वजनिक गर्दै दिग्गज नेताहरूबाट पालना हुने विश्वास व्यक्त गरेका थिए । यद्यपि उनको विश्वास कार्यक्रम अवधिभरसम्म पनि टिक्न सकेन ।

सभापति वरालले सार्वजनिक गरेको मापदण्डमा मञ्चमा सभापति र प्रमुख अतिथिको मात्र कुर्ची रहने, प्रमुख वक्ता वा अतिथिबाहेकका अन्य वक्ताका लागि मन्तव्य समय ५ मिनेट दिने, वक्त चयन गर्दा पूर्वसभापतिहरुबाट क्रमशः एक जनाको मात्र प्रतिनिधित्व गराउने, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा पार्टीका भ्रातृसंगठन तथा शुभेच्छुक संस्थाको सम्बोधन मात्र गर्ने लगायत नियमहरु उल्लेख थियो । पार्टी कार्यलय परिसर आयोजित कार्यक्रममा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा प्रमुख वक्ता र कार्यक्रमका सभापति किशोरदत्त वराल मात्र मञ्चमा थिए ।

सोही मापण्ड बमोजिम पूर्वसभापतिका तर्फबाट ५ मिनेटको समय दिएर सम्बोधन निम्ति मञ्चमा डाकिएका पूर्वमन्त्री थापाले भर्खरै कास्की काँग्रेसको पूर्णबैठकले पारित गरेको कार्यक्रमस सञ्चालनसम्बन्धी मापदण्डको उल्लंघन मात्र गरेनन्, उनले आफू स्वयंलाई अराजक शैलीमा प्रस्तुत गराए ।

‘वीपीको स्मृति कार्यक्रममा वीपीको प्रिय मान्छे म यज्ञ थापालाई ५ मिनेटले पुग्छ !’ अस्भाविक शैलीमा आक्रोशित हुँदै थापाले भने, ‘शानदार मतले वहाँ (विश्वप्रकाश शर्मा) ले चुनाव जित्नु भयो, माथि मञ्चमा बस्नु भएको छ, म शानदार मतले चुनाव हारें, तल फ्लोरमा बसेको छु ।’ यद्यपि चुनाव जितेका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य गुरु वराल, प्रदेश समितिका पदाधिकारी समेत मञ्चभन्दा तल फ्लोरमा नै बसेका थिए ।

पूवमन्त्री थापाले आफूले पुनः सासंदको टिकट पाउने दावी मात्र गरेनन् । उनले संसदको टिकट लिन महामन्त्री शर्माको चाकडी गर्न नपर्ने उद्घोष समेत गरे । उद्घोषकले दिएको ५ मिनेट समयको तीन गुणभन्दा बढी समय बोल्दै गरेका थापाको अराजक शैली र प्रस्तुति विरुद्ध हुटिङ नै वर्षियो । त्यसपछि उनी आफ्नो मन्तव्य अन्त्य गर्न वाध्य भएका थिए ।

यसअघि गत मंसिर १६ गते काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिको समुद्घाटन समारोहमा उनले भाषणा गर्न नपाएको झोंकमा मञ्च नै कब्जा लिएर वीपीको आमसभाको उद्घोषकले मञ्च नपाउने भनेर कड्किएका थिए ।

आफूले मञ्च नपाउँदा अराजक शैलीमा प्रस्तुत हुने थापा कास्की काँग्रेसको दुई कार्यकाल सभापति हुँदा उनले पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटलाई कहिल्यै मञ्चमा राखेनन् । पार्टीको १४ औं महाधिवेशनमा आफूलाई आफैंले वीपीको प्रिय मान्छे घोषित गरी केन्द्रीय सदस्यमा उमेद्वारी दिएका थापाको लज्जाजनक हार भएको थियो ।

आफूलाई वीपीको प्रिय मान्छे दावी गर्ने व्यक्तिले वीपीको राष्ट्रिय मेलमिलापको नीति विरुद्ध प्रस्तुत हुनु वीपीकै अपमान भएको एक काँग्रेस कार्यकताले बताए ।

पूर्वमन्त्री थापाले आफूलाई वीपीको ‘प्रिय मान्छे’ भन्दै दावी गरे पनि त्यसको पुष्टि हुने कुनै प्रमाण फेला परेको छैन । कुनै बेला वीपीको आमसभामा उद्घोषक बनेका थापाबारे वीपीको ‘आत्मवृत्तान्त’ मा उनको नाम कही कतै पनि उल्लेख छैन । वीपीको आत्मवृत्तान्तमा क्या. यज्ञबहादुर थापा (जो काँग्रेसको शसस्त्र युद्धताका सेनाद्वारा मारिए) को मात्र नाम उल्लेख छ ।

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected