0Shares

पोखरा भ्यूज ।
पोखरा महानगरपालिका वडा नं १४ मा रहेका शहिद स्मृति आबासिय मा.वि.मा रहेका बिद्यार्थिहरुलाई खोप लगाइएको छ ।
माओबादी जनयुद्धका क्रममा शहिद, बेपत्ता तथा घाईते भएका परिवारका बालबालिकालाई पढाउने उद्धेश्य स्वरुप स्थापना भएको बिद्यालयमा ३५० जना बिद्यार्थिहरुले अध्ययन गर्दे आएका छन । १२ बर्ष माथि १८ बर्ष भित्रका बिद्यार्थिहरुलाई खोप लगाइएको हो ।

बिद्यालयका अभिभावक तथा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले शहिद परिवारलाई खोप कार्ड दिएर खोप सुरु गरिएको थियो ।

मन्त्री अधिकारीले नेपालको आमुल परिबर्तनका खातिर रगत बगाएका योद्धाहरुको छोराछोरीहरुलाई अध्ययन गराएर केही हदसम्म भएपनि शहिद परिवारको घाऊमा मलम लगाउने प्रयास गरिएको स्मरण गर्नु भयो । देशमा अहिले आएको गणतन्त्रको भागिदार यि बालबालिकाहरु हुन । तर केही चतुरहरुले यस्ता संरचनाहरु प्रति पनि नजरअन्दाज गर्न खोजेकोमा सचेत रहन आग्रह समेत गरेकी छन । आबासिय रुपमा सञ्चालन गरिएको उक्त बिद्यालयले शिक्षाको गुणस्तरमा पनि बिकास गरेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected