
1Shares
पोखरा भ्यूज । नेपाली काँग्रेस निकट निजामति कर्मचारी युनियन संघ कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित भएका छन । श्रेष्ठले प्रतिस्पर्धी रामचन्द्र पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।
पुष २३ गतेदेखी सुरु आठौँ अधिवेशन अन्तर्गत शनिवार सम्पन्न मतदानमा ५१२ मत खसेकामा श्रेष्ठले ३८८ मत प्राप्त गरेका छन । श्रेष्ठ पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखरामा अधिकृत तहमा कार्यरत रहेका छन । उनि नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)को केन्द्रीय महासचिव समेत छन ।
यसैगरी अधिवेशनबाट उपाध्यक्षमा केदार सापकोटा र सचिवमा इन्जिनियर सुमन शर्मा निर्वाचित हुन सफल भएको निर्वाचत समितिले जनाएको छ ।
1Shares








© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















