0Shares

काठमाडौं । बेष्ट फाईनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँगै स्थानान्तरण गरी आईतवारबाट संचालनमा आएको छ ।

नयाँ शाखा कार्यालयको महिला संचालक लक्ष्मी श्रेष्ठ र पूर्व संचालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहक महानुभावहरुको उपस्थिति रहेको थियो । यस वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत बितिय सेवा दिदै आएको छ ।


यस फाइनान्सवाट डिजिटल बैकिङ्ग सेवा लगायत सबै प्रकारका बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको बताइएको छ । नयाँ सेवा अन्तर्गत हालै अनलाइन खाता खोल्ने सुविधा संचालनमा ल्याएको फाइनान्स स्रोतले बताएको छ । जसबाट देशविदेशमा रहेका नेपालीहरुले अनलाइन खाता खोल्न सक्नेछन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected