13Shares

पोखरा भ्यूज । पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा पाँच लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
आकाशलाई छानो र धर्तीलाई विछ्याउना बनाउन बाध्य सडक मानवको उद्धार गर्ने लक्ष्यका साथ सञ्चालित आश्रमद्वारा आयोजित भोजनका लागि भजन सन्ध्या कार्यक्रममा पाँच लाख ५० हजार आर्थिक संकलन भएको हो ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गरेको कार्यक्रममा उपस्थित बिभिन्न क्षेत्रमा आवद्ध व्यक्तिबाट आश्रममा आश्रित सहयोगापेक्षि मानवको खानाको लागि सञ्चालित भजन सन्ध्यामा ३० जना व्यक्तिबाट उक्त रकम संकलन भएको हो ।
कार्यक्रममा पूर्वमन्त्री हरि पाण्डेलले चार दिनको खाना बराबरको एक लाख ४२ हजार, सिका शेरचन, विष्णु गुरुङले एक लाख ११ हजार १११, गोरख जैसवालबाट ३५ हजार पाँचसय, सोनिया गुरुङले भवन निर्माणका लागि ५०/५० हजार रुपैया सहयोग प्राप्त भएको छ ।
२०७४ साल चैत १७ मा तत्कालिन पर्यटन मन्त्री स्वर्गीय रविन्द्र अधिकारी, आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र पोखरा आश्रमका संरक्षक डा. गोविन्द तण्डनले सहरका बिभिन्न स्थानमा कष्टकर जीवन बिताउन बाध्य २३ जना सडक मानव (लक्ष्मीनारायण)लाई गृह प्रवेश गराएर सेवा सञ्चालन भएको आश्रममा हाल १५० जना रहेका छन ।
आश्रममा आवद्धहरूको एक छाक खानाका लागि १५ हजार ५००, विशेष खानाको लागि २२ हजार ५०० र एक दिनको खानाको लागि ३५ हजार ५०० रुपैयाको व्यवस्था गरिएको छोरेपाटन शाखाका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार स्थापनाको चार बर्षको अवधिमा आश्रमले ८२६ जनालाई सेवा प्रदान गरेको छ भने २६२ जनालाई पारिवारिक पुननिर्मलन,उपचार पश्चात स्वेच्छाले ३०५ घरमा फर्कि सकेका छन। अन्य शाखामा स्थान्तरण ५१ जना, २७ जनालाई पुन उद्धार गर्नुका साथै आश्रमको संरक्षणमा रहदा ५८ जनाको निधन भएको छ ।
भजन सन्ध्याको उद्घाटन कार्यक्रममा सभामुख अधिकारीले सडक कष्टकर जीवन विताउन बाध्य मानवको सेवामा समर्पित मानव सेवा आश्रमले राज्यले गर्नुपर्ने दायित्व पूरा गरेको बताए ।
संविधानले व्यवस्था गरेको जनताका मौलिक अधिकारको सुनिश्चितताका लागि राज्य गंभीर हुनु पर्ने बताउँदै उनले विकास निर्माणसँगै नागरिकका आधारभूत आवश्यकता पुरा गर्न तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सडक मानव मुक्त प्रदेश घोषणा भई सकेको जानकारी दिंदै यसको निरन्तरताको लागि सवैको साथ र सहयोग आवश्यक पर्ने बताईन ।
एकलाई परेको समस्या समाधानका लागि अर्कोको सहयोग आवश्यक पर्नेमा जोड दिंदै आश्रममा आश्रित १५० जनाको स्वास्थ्य विमा प्रदेश सरकारले गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन ।
विश्वव्यापी फैलिएको कोभिड विरुद्धको खोप प्रदेशका ८१ प्रतिशत भन्दा वढी नागरिकलाई उपलव्ध गराई सकिएको जानकारी दिंदै उनले तेश्रो चरणको कोभिडबाट बच्न र बचाउन आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न सवैमा अनुरोध गरिन ।
नेपाली सेना मध्यकमाण्ड विजयपुरका सेनापती बाबुराम श्रेष्ठले जन्मदाता र जन्मभूमीको कर्तव्यप्रति जिम्मेवार हुने खालको नैतिक शिक्षा आजको आवश्यक भएको बताए ।
गण्डकी विश्वविद्यालयका सल्लाहाकार प्रा.डा.मेधनिप्रसाद भण्डारीले मानव सेवा जस्तो धर्म अरु कुनै नहुने बताउँदै विश्वमा सभ्य र सुसंस्कृतिक राष्ट्र नेपाल निर्माणमा मानव सेवा आश्रमको महत्वपूर्ण भूमिका रहेको बताए ।
मानव सेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीका अनुसार एक दशकको अवधिमा संस्थाले छ हजार ३७२ जनालाई सेवा प्रदान गरि सकेको छ । जस अनुसार दुई हजार ४५९ जना पारिवारिक पुनर्मिलन, एक हजार ७१७ जना उपचार पश्चात स्वइच्छाले घर फ़र्किएका, सामुदायिक पुनस्थापन ३६२ जना, हाल आश्रित एक हजार ५६७ जना, १७२ जना पुन उद्धार र ६४८ जनाको निधन भएको जानकारी दिए ।
२०८२ सालसम्ममा नेपाल सडक मानव मुक्त राष्ट्रघोषण गर्ने अभियान संस्थाले लिएको बताउँदै अध्यक्ष अधिकारीले पोखरा २५ हेमजामा लगभग २० करोडको लागतमा सुविधा सम्पन्न निर्माणधिन आश्रम भवनको लागि सहयोग गर्न सबैसँग अनुरोध समेत गरे ।
मुलुकका ७ वटा प्रदेश अन्तर्गत १७ कार्यालय सहित २४ वटा शाखा मार्फ़त उद्वार कार्य भई रहेको बताउँदै उनले यस संस्थाले दातृराष्ट्रको कुनै पनि सहयोग नलिई आन्तरिक रुपमै समस्याको समाधान गर्दै आएको बताए ।
बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक बिहिन, मानसिक तथा शारिरीकरुरुपमा कमजोर सडक आश्रित मानवको उद्धार गरि आवश्यक उपचार पश्चात आश्रममा आश्रित सडक मानवलाई आयआर्जनमा समेत संस्थाले उपयोग गर्दै आएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सचिव हरिराम पोखरेल, संस्थाका उषा गोशली, आश्रम छोरेपाटनका प्रमुख होमनाथ तिमिल्सिना, संस्थाका राजन सापकोटा लगायतले संस्थाले खेलेको भूमिका र चुनौतिका बारेमा चर्चा गरेका थिए ।

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected