२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

रेडक्रस सोसाइटी पोखरा–३२ मा पुनःपरियार

पोखरा भ्यूज । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ उपशाखाको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनले पुनः किसान परियारको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
पोखरा–३२ तल्लो गगनगौडामा आज सम्पन्न साधारणसभा तथा अधिवेशनले उपसभापतिमा राधा थापा, सचिवमा विन्दुराज तिवारी, कोषाध्यक्षमा शरणकुमार प्रधान, सह सचिवमा कीर्तिराज खनाल र सह कोषाध्यक्षमा विमलाकुमारी थापा बस्नेतलाई सर्वसम्मत निर्वाचित गरेको हो । त्यस्तै समितिका सदस्यहरूमा नरनारायण सिग्देल, लक्ष्मीकान्त सापकोटा, चन्द्रकुमारी पुन, देवी तिवारी र भक्तबहादुर केसी हुनुहुन्छ । समितिमा अधिकांश पूर्ववत् कार्यसमितिका हुनुहुन्छ । अधिवेशनमा निर्वाचनका लागि नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका उपमन्त्री उर्मीला खड्का भण्डारीको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपनिर्देशक खेमराज सापकोटा रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो भने सहजीकरण निवर्तमान सभापति मेघराज पौडेल र आजीवन सदस्य दोलराज पण्डितले गर्नुभएको थियो ।
यस अघि अधिवेशनको उद्घाटन समारोहमा पोखरा–३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्कीले मानवीय सेवाका क्षेत्रमा उपशाखाले देखाएको सकृयता प्रशंसनीय भएको बताउनुभयो ।
उपशाखाका सभापति किसान परियारले उपशाखाले कार्यालय भवन निर्माण, विपद् व्यवस्थापन कोष स्थापनाका साथै एम्बुलेन्स सेवा सञ्चालनलाई क्रमशः प्राथमिकतामा राख्दै अघि बढेको जानकारी दिनुभयो । उहाँले विपद्का साथै रगतको अभाव आदिमा उपशाखाका तर्फबाट निरन्तर प्रयास गरिएको बताउनुभयो ।
उपशाखाका सभापति किसान परियारको सभापतित्व एवम् सचिव विन्दुराज तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष राधा थापाले गर्नुभयो भने सचिव तिवारीले संस्थाको प्रतिवेदन एवम् कोषाध्यक्ष शरणकुमार प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपमन्त्री उर्मिला खड्का, निवर्तमान सभापति मेघराज पौडेल, वडा जनप्रतिनिधिद्वय धर्मबहादुर बस्नेत र विष्णुप्रसाद तिवारी, नेपाली काँग्रेस पोखरा–३२ का सभापति कुलप्रसाद अधिकारी, नेकपा एमाले पोखरा–३२ का अध्यक्ष चिरञ्जीवि तिवारी, नेकपा माओवादीका प्रतिनिधि अर्जुन मल्ल, आजीवन सदस्य विष्णुबहादुर बस्नेत लगायतले रेडक्रसका सिद्धान्तलाई आत्मसात गर्दै मानवीय सेवामा जुट्नुपर्नेमा जोड दिनुभयो । कुल १६२ सदस्य रहेको उपशाखाले यस क्षेत्रका विभिन्न मानवीय सेवाका काममा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…