2Shares

पोखरा भ्यूज । आँधिखोला लघुवित्त वित्तीय संस्थाको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार स्याङजाको वालिङमा सम्पन्न सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरेको छ ।

सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलत, नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरिएको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले बताए ।

सभाले राष्ट्र वैंकको स्वीकृत बमोजिम २० प्रतिशत बोनस शेयर स्वीकृत गरेको छ । सभावाट संस्थापक समुहको प्रतिनिधित्व गर्दै नरेश के.सी सहित श्यामविक्रम खाँड र सावित्रा दवाडी पौडेल निर्वाचित भएको कम्पनी सचिव वावुराम कुँवरले जानकारी दिए । सभापछिको वैठकले पुनः नरेश के.सी लाई नै अध्यक्षमा चयन गरेको जनाइएको छ ।

साधारण सभाको उद्धघाटन संचालक समितिका अध्यक्ष नरेश के सीले गरेका थिए । स्वागत मन्तव्य संचालक दिपेन थापाले गरेका थिए भने धन्यवाद ज्ञापन संचालक केहर सिंह के.सीले गरेका थिए । कार्यक्रमको संचालन कम्पनी सचिव वावुराम कुँवरले गरेका थिए।

संस्थाले हाल ११ जिल्लामा १९ कार्यालय मार्फत २ प्रदेशमा सेवा संचालन गर्दै आएको र हालै वाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थासंग गरेको मर्जर प्रकृया तोडिएको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले वताएका छन ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected