२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

मुनालको चौधौं वार्षिकोत्सवमा सिद्धवराह आश्रमलाई सहयोग

पोखरा भ्यूज । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको चौधौं वर्षमा प्रवेश गरेको छ  । सो अवसरमा संस्थाले पोखराको पामेस्थित सिद्धवराह तपोवन सन्यास आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूको लागि ४० हजार बराबरको १८ थान सिरक, बेड कभर लगायतका सामाग्रीहरु सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा सिद्धवराह तपोवन आश्रमका पिठाधीश स्वामी श्री निषेशानन्द महाराजले सहयोगी मनलाई धन्यवाद दिदै मुनाल सहकारीको सहयोगले आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूले न्यानो माया तथा स्नेह प्राप्त भएको भन्दै प्रशंसा गरेका थिए ।

संस्थाका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईं तथा पूर्वअध्यक्ष तथा सल्लाहकार मेघनाथ काफ्लेले मुनाल सहकारीको चौधौं वर्ष प्रवेशको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत यो सहयोग हस्तान्तरण कार्यक्रम गरेकोमा खुसी ब्यक्त गर्दै वित्तिय सेवासँगै यस किसिमका सामाजिक कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्ने बताएका थिए ।
सहकारीले सामाजिक उत्तरदायित्वसँगै यस वर्ष सिद्धबराह तपोवन सन्यास आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूको लागि आवश्यक न्यानो सिरक वितरण गर्न पाँउदा ख़ुशी लागेको बताउदै यो सानो सहयोगबाट यहाँ अध्ययनरत बटुक विद्यार्थीहरूलाई थोरै भएपनि राहत हुने संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठले बताए ।

कार्यक्रममा संस्थाको तर्फबाट कार्यसमितिका सदस्य सुदर्शन न्हुच्छे प्रधान, डिलकुमारी पौडेल, सन्तोषकुमार घिमिरे, कालिप्रसाद मैनाली, व्यवस्थापक अम्बरबहादुर थापा र डम्बरकुमारी श्रेष्ठको उपस्थिति रहेको थियो । भने कार्यक्रमको संचालन सचिव नारायणबहादुर थापाले गरेका थिए ।

२०६५ माघ ३ गतेदेखि कारोबार सञ्चालन गरेको सहकारीको कास्की जिल्लाभरि कार्यक्षेत्र रहेको छ । सहकारीले पोखराको नयाँबजारस्थित आफ्नै भवनबाट आफ्ना सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…