424Shares

पोखरा भ्यूज
पोखरा । करिब चार महिनादेखि रिक्त रहेको पोखरा महानगरपालिका वडा नं. १६ स्थित मातृशिशु मितेरी अस्पतालको व्यवस्थापन समिति गठन भएको छ । गण्डकी प्रदेश सरकारको माघ १३ गतेको निणर्य बमोजिम युवा नेता धर्मराज थापालाई अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको हो ।

बायाँबाट क्रमशः धर्मराज थापा (अध्यक्ष), सदस्यद्वय शिवराज देवकोटा र गुरुदत्त भट्टराई

समितिको कार्यकाल तीन वर्ष रहने प्रदेशस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । समितिको सदस्यमा शिवराज देवकोटा, गुरुदत्त भट्टराई, गणेश अधिकारी, गुमा परियार र भिमा पौडेल सदस्यमा तोकिएका छन् । सदस्य देवकोटाबाहेक सबै नयाँ अनुहार हुन् । देवकोटा यसअघि पनि अस्पताल व्यवस्थापन समितिको सदस्य पदमा रही कार्य गरेका अनुभवी व्यक्ति हुन् ।

गण्डकी प्रदेश सरकारले अस्पताल व्यवस्थापन समिति गठन आदेश,२०७८ (संशोधन सहित) को दफा ३ को उपदफा १ (ङ) बमोजिम ३ वर्षका कार्यकाल रहने गरी अस्पताल व्यवस्थापन समिति गठन गरेको हो । प्रदेश सरकारको मातहतमा रहेको मातृशिशु ५० शैयाको अस्पताल हो । यसअघि यो अस्पताल केन्द्रीय सरकारको मातहतमा थियो ।

प्रायः विवादमा आइरहने यो अस्पतालका समस्या अझै समाधान हुन सकेका छैनन् । अस्पताल निर्माणका लागि महायज्ञ गरी करोडौं दान संकलन गरिएको भएपनि हालसम्म उक्त रकम अपस्तालको कोषमा आएको छैन । यद्यपि उक्त अस्पतालको निर्माण जापन सरकारको सहयोगमा भएको हो ।

स्त्रीरोग तथा प्रस्सूति सेवा तथा बालरोग सम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरिएको अपस्तालमा हालसम्म दरबन्दी पदपूर्ति हुन सकेको छैन । अस्पतालले करार जनशक्ति राखेर विशेषज्ञ सेवा दिंदै आएको छ ।

424Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected