220Shares

पोखरा भ्यूज । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई(I) नेपालको आसन्न ज़िल्ला अधिवेशनका लागि डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवारहरूले भेटघाट शुभकामना लिने क्रम जारी रहेको

डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार रामबहादुर बसेल, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार चन्द्रकुमार केसी र सेकेण्ड भाईस डिष्ट्रिक्ट पदका उम्मेद्वार विनोद ढुङगानाले पोखरामा रहेका लायन्स लिडरहरुसँग भेटघाट र शुभकामना कार्यक्रमको आयोजना गरी गभर्नर पदमा शतप्रतिशत भोटको लागि आग्रह गरेका छन

लायन्स क्लब अफ पोखरा पिपल चौतारीको आतिथ्यतामा आईतवार पोखरामा सम्पन्न कार्यक्रममा उम्मेद्वारहरूले शतप्रतिशतएसभोटका लागि सम्पूर्ण उपस्थित लायन्स प्रतिनिधिहरु समक्ष आग्रह गरेका हुन

माघ २९ गते पोखरामा लायन्स डिष्ट्रिक्ट ३२५ वी नेपालको दशौं ज़िल्ला महाधिवेशन हुँदैछ  सो अधिवेशनबाट वटै डिष्ट्रिक्टको आधिकारिक नेतृत्व चयन हुनेछ जसले जना डिष्ट्रिक्ट गभर्नर, जनाप्रथम भाईस डिष्ट्रिक्ट गभर्नर जना द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पाउनेछ

डिष्ट्रिक्ट ३२५ (I) आइ नेपालमा काठमाडौं, नुवाकोट, रसुवा, धादिङ सहितका गण्डकी धवलागिरीका ८ ज़िल्ला गरी १२ ज़िल्लाका करिव १६४ क्लब हज़ार सय बढ़ी लायन्स सदस्य आवद्व रहेका छन

डिष्ट्रिक्टको नेतृत्व डिष्टिक्ट गर्भरबाट हुने गर्छ भने उत्तराधिकारीको रुपमा प्रथम द्धित्तिय भाईस गर्भनर रहने प्रावधान रहेको लायन्सको अन्र्तराष्ट्रिय प्रावधान अनुसार गर्भनर भाइस डिष्ट्रिक्ट गभर्नर हुनेले शतप्रतिशत एस भोट लिनुपर्ने हुन्छ

कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट ३२५ (I) आइ नेपालका लायन बर्ष २०२२/२३ का लागि डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार बसेलले बिश्वकै लायन्स अभियानमा हरेक बर्ष आफ्नो उत्कृष्टता प्रस्तुत गर्दै आईरहेको डिष्ट्रिक्ट ३२५बि बाट रिडिष्ट्रिक्टिङ भै बनेको डिष्ट्रिक्ट ३२५ (I) आईको भुमिका डिष्ट्रिक्ट ३२५ बि कै निरन्तरताको रुपमा अघि बढाउने प्रतिबद्वता ब्यक्त गरे उनले भनेहिजोका हाम्रा लायन लिडरहरू जस्ले लायनवादमा विश्व रेक़र्ड होल्डर गर्नु भएको उहाँहरू प्रति गौरब गर्दै उहाँहरुकै पथ प्रदर्शक भुमिका त्यही हिजोको गर्भिलो ईतिहास बनाउन योगदान दिनु हुने तपाईं आम सबै लायन्स साथीहरूको भुमिकाले हामीले हाम्रो डिष्ट्रिक्टलाई सेवा कार्यको उत्कृष्ट नमुनाको रुपमा स्थापित गराउने छौ लायनवादका धरोहर राजन लम्साल, मन बहादुर रोका र इन्दु लम्साल जसले नेपालको लायन्स ईतिहासमा नमेटिने छाप बनाउनु भएको उहाँहरूको सारथीपन र उत्कृष्ट नेतृत्व साथै सेवा कार्य गर्नुहुने तपाईं लायन्सहरुको योगदान भुमिकाका कारण नै यस डिष्ट्रिक्टको गरिमा उचो राख्न सक्छु भन्ने आटले नै मलाई नेतृत्वमा अघि बढ़न प्रेरणा मिलेको बताए आफ़नो कार्यकालमा गरिने मुख्य कामहरू बारे संक्षिप्तमा उल्लेख गर्दै बसेलले डिष्ट्रिक्ट ३२५ बि१ रिडिष्ट्रिक्टीङपछिको पहिलो कार्यकाल भएकाले पहिलो प्राथमिकता जग बलियो बनाउनु नै हुनेछ उनले भने जसमा कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो बनाउने, क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्ल बनाउन पहल गर्ने, काठमाँड़ौ पोखरामा डिष्ट्रिक्ट स्थायी सचिवालय बनाउन आवश्यक पहल गर्ने, ईमरजेन्सी फण्ड स्थापना गर्ने, लिड़र शिप, फ़ेलोशिप सामाजिक सेवाका कार्यमा जोड़ दिने लगाएत विगतका बर्षमा पूर्व डिष्ट्रिक्ट गर्भनरहरुले आफ्नो कार्यकालमा ल्याएका महत्वपुर्ण कार्यक्रमहरुलाई निरन्तरता दिदै डिष्ट्रिक्ट ३२५ आईलाई उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गरे

फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेद्वार चन्द्रकुमार केसीले आफुलाई लायन्स नेताको रुपमा अब्बल साबित गराई सक्नु भएका व्यक्तिको नेतृत्वमा आफु गाईडेड हुने मौका मिलेकोमा गर्व महशुष भएको बताए । कुशलता, कार्यदक्षता बहु आयामिक नेतृत्वको गुण बोक्नु भएका सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नरपदमा बिनोद ढुङ्गाना हुनुहुन्छ, नेतृत्वको ब्यबस्थापनमा जना ओदानको वटा खुट्टा जस्तै भार थेग्न सक्नेछौ,  जनालाई नै शतप्रतिशत मतले विजय गराउनुहोस, उनले भने-म विश्वास दिलाउन चाहन्छु कि रामचन्द्रलाई लक्ष्मणले दिएको साथ जस्तै भूमिका निर्बाह गर्ने कोशिश गर्ने छु।

सकारात्मक सोच, संगठनात्मक भावना सामुहिक नेतृत्व नै हाम्रो लायानिज्मको धरातल रहेको बताउदै डिष्ट्रिक्ट गभर्नरको जुन अभियान हुनेछ यसलाई पूर्ण सफल बनाउन आफूले जानेको, आफ्नो बलबुताले भ्याएसम्म कार्यकाल सफल बनाउनका निमित्त शतप्रतिशत साथ सहयोग रहने प्रतिबद्धताव्यक्त गरेका थिए

त्यस्तै सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार विनोद ढुङगानाले गभर्नरले ल्याएका सबै कार्यहरुमा तन, मन, बचन कर्मले लागि पर्ने बताउदै डिष्ट्रिक्ट गभर्नर टिमका ३ जना उम्मेद्वारलाई शतप्रतिशत मतका साथ विजयी गराउन आग्रह गरे

लायन्स क्लब अफ पोखरा पिपल चौतारीका अध्यक्ष कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मल्टीपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, लायन्स लिडरहरू शैलेन्द्र मोहन भट्टराईहरिराज पन्त, प्रेम दाहाल, युवराज खनालराजेन्द्र पौडेल, अमृता शोभा खत्री, लियो मल्टीपल डिष्ट्रिक्ट प्रेसीडेन्ट आदर्शमोहन भट्टराई लगाएतले गभर्नर टिमलाई शतप्रतिशत भोटको आग्रह गर्दै डिजी टिमलाई सफलताको कामना गरेका थिए

220Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected