166Shares

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस पोखरा १६ ले युवा इञ्जिनियर प्रकाश बस्नेतको सभापतित्वमा २१ सदस्यीय राजपँधेरा टोल कार्यसमिति गठन गरेको छ । वडा कार्यसमितिले शनिबार आयोजना गरेको भेलाले उक्त टोल कार्यसमिति गठन गरेको हो । यो सँग पोखरा १६ मा नेपाली काँग्रेसको टोल कार्यसमितिको संख्या ७ पुगेको छ ।

टोल कार्यसमितिको उपसभापतिद्वय हरिषचन्द्र बस्नेत र गुञ्जमानसिंह घर्ती, सदचिवद्वयमा संगीता गुरुङ र रमेश भट्टराई, सहसचिवद्वयमा जगनकाजी गुरुङ र लक्ष्मी नेपाली, कोषाध्यक्षमा राधादेवी पौडेल चयन भएका छन् ।

त्यस्तै सदस्यमा नन्दबहादुर गुरुङ, पीरकुमारी गुरुङ, लक्ष्मी बस्नेत, सुनिता क्षेत्री, प्रमोद गुरुङ, नरेश वि.क., दिपेश बस्नेत, पार्वती वि.क., सन्तोष बस्नेत, इच्छा परियार, लक्ष्मी वि.क., मनोज गुरुङ, प्रेमलाल पौडेल चयन भएका छन् । त्यस्तै भेलाले सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

सल्लाहकार समितिमा इन्द्रबहादुर थापा, रुद्रबहादुर थापा,चमेन गुरुङ, पूर्णबहादुर बस्नेत, गजेन्द्र थापा, रुद्रलाल पौडेल र डम्वरबहादुर कामी छन् ।

नवगठित टोल कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई वधाई ज्ञापन गर्दै नेपाली नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि पदमसिंह गुरुङले आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन नवगठित टोल कार्यसमितिलाई निर्देशन दिए ।


नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिद्वय राजेन्द्रबहादुर देवकोटा र लक्ष्मी देवकोटा, समाजसेवी सन्तबहादुर गुरुङ, नेपाली काँग्रेस पोखरा १६ का सचिव धर्मराज थापा लगायतका वक्ताले स्थानीय निर्वाचित लक्ष्य कार्यक्रम अनुसार टोल कार्यसमिति गठन गरिएको बताएका थिए ।

166Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected