२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशको अध्यक्षमा खड्का

पोखरा भ्यूज । गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनले गोपाल खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आईतबार पोखरामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा पदमराज पहारी, सचिवमा शिवप्रसाद शर्मा, कोषाध्यक्षमा मुक्तिप्रसाद ढुंगाना र उपसचिवमा फुलमाया रानलाई लाई चयन गरेको हो ।

सदस्यहरुमा शन्ति थापा, प्रेम भट्टराई, सावित्री कार्की र अमृता थापा चयन भएका छन । पदेन सदस्यहरूमा गण्डकी प्रदेशको जिल्ला अध्यक्षहरू ११ जना सहित २३ जनाको प्रदेश समिती गठन भएको छ । वाकी ३ सदस्यहरू पछि कार्य समितीले मनोनीत गर्ने गरी २३ जनाको कार्यसमितको गठन र सो समितीको कार्यकाल ३ वर्षको हुनेछ ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशमा शिक्षा,संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकाश मन्त्री मेखलाल श्रेष्ठले सरकारका काममा सहयोगी बनेर साझेदारी गनुपर्नेमा जोड दिए । उनले सामाजिक रुपान्तरणका लागि गैरसरकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहँदै आएको बताए ।

गैसस महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष विना सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोपाल खड्काले आगामी तिन वर्षे कार्यकालको योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि गैर सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदी, महासचिव अर्जुन भट्टराई , उप महासचिव उमेश विश्वकर्मा, गैसस गण्डकी प्रदेशका इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्र पौडेल लगायतले आ-आफ़नो भनाई राखेका थिए ।

यसै अवसरमा प्रथम चरणमा प्रदेश स्तरीय विभिन्न संघसंस्थाहरू विच समन्वय वैठक तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गरी महिला वालवालिका, लैङ्गिक अल्पसंख्यीय, जेष्ठनागरीक, अपीन्गता र दलित जनजातिहरूको पक्षमा भए गरेका असल अभ्यासहरू, उल्लेखनीय कामहरू र आगामी वर्षमा गर्नु पर्ने काम र सो को योजना वनाउने काम भएको थियो ।

यसरी नै दोश्रो चरणमा नागरीक संस्थाहरूको सवल वातावरण निर्माणका लागी नागरिक संस्था, संचार माध्यम, राजनितिक दल, सरकार र सांसदहरू संग नीति सम्वाद कार्यक्रम संचालन गरीएको थियो । यो कार्यक्रमको सहजीकरण मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदीले गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…