222Shares

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस धोविनीपाटन टोल कार्यसमिति पोखरा १६ को सभापतिमा दिपेन्द्र बस्नेत चयन भएका छन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मदन बस्नेतको प्रमुख आतित्थ्यमा आयोजित भेलाले बस्नेतको नेतृत्वमा २१ सदस्यीय टोल कार्यसमिति चयन गरेको हो । यो सँग पोखरा १६ मा नेपाली काँग्रेसको टोल कार्यसमितिको संख्या ८ पुगेको वडा इकाईका सभापति अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।

टोल कार्यसमितिको उपसभापतिद्वय डिलबहादुर सुनार र लक्ष्मी श्रेष्ठ, सचिवद्वयमा कृष्ण खड्का र दिनेश बस्नेत, सहसचिवद्वयमा मायादेवी अधिकारी र राधा के.सी चयन भएका छन् । त्यस्तै सदस्यमा शंकर बस्नेत, गंगा कार्की, कुशल के.सी, रेशम थापा, अर्जुन बस्नेत, लीलाबहादुर बस्नेत, सूर्य थापा, दिलीप थापा, अनुप बस्नेत, नवीन खत्री चयन भएका छन् ।

नवगठित टोल कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई वधाई ज्ञापन गर्दै नेपाली नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङले आउँदो वैशाख ३० हुने स्थानीय निर्वाचनको प्रचारप्रसारमा जुट्न निर्देशन दिए ।

नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमहाधिवेशन प्रतिनिधि पदमसिंह गुरुङ, क्षेत्रीय सदस्य ओममाया नेपाली, नेपाली काँग्रेस पोखरा १६ का सहसचिव केशव बस्नेत, पूर्वसभापति शिवराज देवकोटा, नेपाल तरुण दल पोखरा १६ का सभापति विक्रम बस्नेत, नवगठित धोविनीपाटन टोल कार्यसमितिका सभापति दिपेन्द्र बस्नेत लगायतका वक्ताहरुले स्थानीय निर्वाचित लक्ष्य कार्यक्रममा केन्दित्र भई नेपाली काँग्रेसको संगठन विस्तार अभियानमा लाग्न जोड दिएका थिए ।

222Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected