२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सव सम्पन्न

पोखरा भ्यूज । नेपाल खानेपानी संस्थान पोखरा शाखाले ३३ औं वार्षिकोत्सव मनाएको छ । करिव ४७ हजार धारामार्फत उपभोक्तालाई सेवा दिँदै आएको शाखाले आइतबार कार्यालयमा उत्कृष्ठ सेवा गर्ने कर्मचारीलाई पुरस्कृत गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यालय प्रमुख आशिष कार्कीको अध्यक्षतामा भएको सभामा केक काटने, घैटो फुटाउने र चिठ्ठा उपहार प्रदान गर्दै सम्पन्न भएको थियो ।

खानेपानी संस्थान पोखरा शाखा र हेमजा शाखाको संयुक्त रुपमा भएको सभामा कार्यालय प्रमुख कार्कीले ग्राहकको सेवा नै पहिलो कर्तब्य भएको बताए । कार्कीले वार्षिकोत्सवको शुभकामना दिएका थिए । उनले पुरस्कार आफैमा गहन विषय नभएको चर्चा गरे । प्रमुख कार्कीले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिने बताए । शाखा कार्यालयमा भएको कार्यक्रममा विन्ध्यवासिनी इकाई प्रमुख सन्तोषकुमार दासले स्वागत गर्दै उपभोक्ता, व्यवस्थापन तथा सिंगो संस्थानमा कार्यरत कर्मचारीलाई शुभकामना दिएका थिए ।

कर्मचारी संघका महासचिव केदार धमलाको सञ्चालनमा रहेको सभामा ३२ औं वार्षिकोत्सवमा पुरस्कृत कर्मचारीहरु लक्ष्मण पाण्डे, श्याम देवकोटा, रेखा केसी, हर्कबहादुर गुरुङ, विनोदबहादुर सार्की र हेमजा शाखाबाट झलकराम अधिकारीलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

यसैबीच ३३ औं वार्षिकोत्सवको अवसरमा राजेश थापा, गोपाल सुवेदी, कल्पना भण्डारी, सीता अधिकारी र भिषण श्रेष्ठ पुरस्कृत भएको पोखरा शाखाका प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मीले जानकारी दिए । ३३ औं वार्षिकोत्सवको अवसरमा हेमजा शाखाबाट सत्यता ख्वाउजु पुरस्कृत भएको लेखा प्रमुख पुष्पराज जोशीले जानकारी दिए । जोशीले शाखामा राम्रो काम गरेर उपभोक्ताको सेवामा लाग्न सवै कर्मचारीलाई आग्रह गरे ।

यसैबीच ३३ औं वार्षिकोत्सवको अवसरमा राजेश थापा, गोपाल सुवेदी, कल्पना भण्डारी, सीता अधिकारी र भिषण श्रेष्ठ पुरस्कृत भएको पोखरा शाखाका प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मीले जानकारी दिए । ३३ औं वार्षिकोत्सवको अवसरमा हेमजा शाखाबाट सत्यता ख्वाउजु पुरस्कृत भएको लेखा प्रमुख पुष्पराज जोशीले जानकारी दिए । जोशीले शाखामा राम्रो काम गरेर उपभोक्ताको सेवामा लाग्न सवै कर्मचारीलाई आग्रह गरे ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…