221Shares

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस जुम्लेटी टोल कार्यसमिति पोखरा १६ को सभापतिमा दानबहादुर कार्की चयन भएका छन् । नेपाली काँग्रेसका पोखरा–१६ ले विहीबार जुम्लेटीमा आयोजना गरेको भेलाले कार्कीको नेतृत्वमा टोल कार्यसमिति चयन गरेको हो । यो सँग पोखरा १६ मा नेपाली काँग्रेसको टोल कार्यसमितिको संख्या १२ पुगेको छ ।

टोल कार्यसमितिको उपसभापतिद्वय सरस्वती कार्की र भुवनप्रसाद आचार्य, सचिवद्वयमा टीकाराम आचार्य र ज्योति ढुङ्गाना, सहसचिवद्वयमा सिता कार्की र भोजबहादुर सुनार चयन भएका छन् भने कोषाध्यक्षपछि कल्पना थापा चयन भएको नेपाली काँग्रेस पोखरा १६ का कोषाध्यक्ष कमल कार्कीले जानकारी दिए । त्यस्तै शम्भु थापा, कृष्ण अधिकारी, शान्ति थापा, नवराज थापा, सुनिता अधिकारी, कुशल कार्की,मनबहादुर वि.क., तारा सुनार, तिलक के.सी., ध्रुव थापा,सन्तोष के.सी., गोविन्द कार्की, कल्पना आचार्य, गोपाल कार्की, बलबहादुर के.सी. भिमसेन थापा र चन्द्रमोहन आचार्य चयन भएका छन् । त्यस्तै सल्लाहकार समितिमा चिनबहादुर कार्की, विश्वबन्धु थापा र कृष्णबहादुर कार्की चयन भएका छन् ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि लक्ष्मी पाण्डे, पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिना, पूर्वसभापतिद्वय शिवराज देवकोटा र दिननाथ आचार्य लगायतका नेताहरूले संयुक्तरूपमा नवगठित टोल कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई खादा ओढाई वधाई ज्ञापन गरेका थिए ।

नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि लक्ष्मी पाण्डे, नेपाली काँग्रेस पोखरा १६ का उपसभापति गणेश थापा, सचिव धर्मराज थापा, नगर कार्यसमितिका सदस्य शेरबहादुर कार्की लगायतका वक्ताहरुले आआफ्ना धारणा राखेका थिए ।

221Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected