140Shares

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस आदर्श टोल कार्यसमिति पोखरा १६, अर्मलाको सभापतिमा केदारप्रसाद भट्टराई चयन भएका छन् । नेपाली काँग्रेसका पोखरा–१६ ले विहीबार स्थानीय रमाइलो–डाँडा आयोजना गरेको भेलाले भट्टराईको नेतृत्वमा टोल कार्यसमिति चयन गरेको हो । यो सँग पोखरा १६ मा नेपाली काँग्रेसको टोल कार्यसमितिको संख्या ११ पुगेको छ ।

टोल कार्यसमितिको उपसभापतिद्वय भिमबहादुर गुरुङ र लालसुवा गुरुङ, सचिवद्वयमा मोहनबहादुर जि.सी. र शिवराज गिरी, सहसचिवद्वयमा अंकित भट्टराई र तुफान गुरुङ चयन भएका छन् भने कोषाध्यक्षमा विना बस्नेत चयन भएकी छन् ।

त्यस्तै सदस्यमा कोपिला कार्की बस्नेत, मिलन वि.क., कृष्ण वि.क., सुरेश भुजेल, गणेशप्रसाद भट्टराई, अप्सरा बस्नेत, ओमकुमारी गुरुङ, माया गुरुङ, सीता गुरुङ, लक्ष्मी भट्टराई, जीवन बस्नेत, विष्णुप्रसाद भट्टराई, रामबहादुर के.सी., शुशिला भट्टराई, चन्द्रबहादुर वि.क., तर्कबहादुर थापा, सन्तोष गुरुङ, सीता बस्नेत, राधिका भट्टराई, राधादेवी भट्टराई, राजु वि.क. जोखबहादुर वि.क.चयन भएका छन् ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मदन बस्नेत, प्रदेश अधिवेशन प्रतिनिधि मञ्जुश्री थापा, प्रदेश सभा ख का उपसभापति होमबहादुर बानियाँ, पोखरा १६ का उपसभापति मिनबहादुर गुरुङ नेताहरूले संयुक्तरूपमा नवगठित टोल कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई खादा ओढाई वधाई ज्ञापन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मदन बस्नेतले आउँदो वैशाख ३० हुने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका उमेद्वारलाई जिताउन टोल कार्यसमितिले आजैदेखि गृहकार्य गर्न जोड दिए । उनले अघिलो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका प्रत्यासी वडाध्यक्ष पदमसिंह गुरुङ झिनो मतले पराजयको हुनुपरेकाले तत्कालीन सयमको कमजोरीलाई पाठ बनाएर चुनाव जित्ने तयारीमा लाग्न आग्रह गरे ।

कार्यक्रममा नवगठित आर्दश टोल कार्यसमितिका सभापति केदारप्रसाद भट्टराई र सचिव मोहनबहादुर जि.सी.ले पार्टीले आफूहरुमाथि गरेको विश्वासप्रति आभार प्रकट गर्दै पार्टी नीति र सिद्धान्त बमोजिम कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली काँग्रेस पोखरा १६ का उपसभापति मिनबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश अधिवेशन प्रतिनिधि मञ्जुश्री थापा, नेपाली काँग्रेस केन्द्रीय जेष्ठ विभागका सदस्य मुक्तिराम भट्टराई, क्षेत्रीय प्रतिनिधिद्वय हरिप्रसाद भट्टराई र श्रीकृष्ण आचार्य, वडा सचिव बलराम आचार्य लगायतका वक्ताहरूले वैशाख ३० मा हुने स्थानी निर्वाचनमा काँग्रेसका उमेद्वारलाई जिताउन हरेक नेता तथा कार्यकर्ता दत्तचित्त भएर पार्टीले निर्धारण गरेको चुनावी रणनीति बमोजिम क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।

140Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected