२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

गण्डकीमा सञ्चारमैत्री कानुन ल्याइने – मन्त्री थापा

पोखरा भ्यूज । गण्डकी प्रदेशका कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशमा ल्याउन लागिएको कानुन सञ्चार क्षेत्र मैत्री हुने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित उत्कृष्ट सदस्य अवार्ड वितरण एवम् सम्मान कार्यक्रममा उनले सम्बद्ध पक्षसँग छलफल एवम् अन्तरक्रिया मार्फत कानुनलाई अन्तिम रुप प्रदान गरिने बताए ।
समाजका सत्य तथ्य ल्याउने पत्रकारिता क्षेत्र आफैंमा मर्यादित तथा विश्वसनीय हुनुपर्नेमा जोड दिदै उनले प्रेस युनियन कास्कीले सञ्चालन गरिरहेको आधारभुत पत्रकारिता तालिमले यस क्षेत्रमा दक्ष जनशक्ति ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मन्त्री थापाले उत्कृष्ट सदस्य अवार्डबाट विजय नेपाली र गण्डकी प्रदेश प्रमुखका प्रेस संयोजक माधव रेग्मीलाई सम्मान गरेका थिए ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता पेशालाई जिम्मेवार र व्यवसायिक बनाउन सकेमा मात्र आम सर्वसाधारणको विश्वास यस क्षेत्रले जित्न सक्ने बताए । प्रेस युनियन कास्कीले सञ्चालन गरिरहेको आधारभुत पत्रकारिता तालिमका सहभागीलाई तालिमका उपलब्धि व्यवहारमा उतार्न उनले आग्रह गरे ।
नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष माइकल कर्माचार्यले समाचार सत्य लतथ्यमा आधारित हुनुपर्ने बताउँदै त्यसले जिम्मेवार पत्रकारिता बढाउने बताए ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलको अध्यक्षता एवम् सचिव प्रदिप पौडेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत गरे । कार्यक्रममा काँग्रेस नेता गणेशबहादुर भट्टराई, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य टंकराज अधिकारी, युनियन कास्कीका सल्लाहकार राजबहादुर गुरुङ, सम्मानित व्यक्तित्वद्वय विजय नेपाली, माधव रेग्मी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले पत्रकारिता क्षेत्रको महत्व लगायतमा बोलेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…