179Shares

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस गन्धर्व टोल कार्यसमिति पोखरा १६, बाटुलेचौरको सभापतिमा कृष्णबहादुर गायक चयन भएका छन् । नेपाली काँग्रेसका पोखरा–१६ ले शुक्रबार विहान स्थानीय गन्धर्व बस्तीमा आयोजना गरेको भेलाले कृष्णबहादुरको नेतृत्वमा टोल कार्यसमिति चयन गरेको हो । यो सँग पोखरा १६ मा नेपाली काँग्रेसको टोल कार्यसमितिको संख्या १३ पुगेको छ ।

टोल कार्यसमितिको उपसभापतिद्वय संगीता गायक र राधा गायक, सचिवद्वयमा रोशन गायक र सुकदेव गायक चयन भएका छन् । त्यस्तै नवीन गायक, विमल गायक, मिलन गायक, सुनिता गायक, मिनकुमारी गायक, सुदिप गायक, अजय गायक, सविता गायक, शुशिल गायक, माया गायक, गीता गायक, कमल गायक, शकुन्तला परियार, लक्ष्मी वि.क., शान्ति गायक, धौमाया वि.क., कृष्ण गायक, सन्देश गायक, कुशल गायक, आकाश गायक, सुजन गायक, सञ्जय गायक, सुरज गायक, अमृत गायक, मिना गायक, रमेश गायक, विशाल गायक, सृर्जना गायक र राम्जी गायक चयन भएका छन् ।

नगगठित टोल कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापन गर्दै गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आफू सदैव गन्धर्व समुदायको साथमा नै रहेको वाचा गरे । नेपाली काँग्रेसको महासमिति सदस्य समेत रहेका मन्त्री थापाले नेपाली आगामी तीनै तहको निर्वाचनमा काँग्रेसलाई उमेद्वारलाई जिताउन गन्धर्व समुदायसँग अनुरोध पनि गरे ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङले गन्धर्व समुदायको हितमा काम गर्न नेपाली काँग्रेस क्रियाशील रहेको बताए ।

नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि पदमसिंह गुरुङले अघिलो स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले घोषणापत्रमा समावेश गरेका कार्यक्रम प्रदेश सरकारमार्फत् पूरा गर्दै आएको बताए । उनले स्थानीय सरकारले दलीय आग्रह वा पूर्वाग्रह राखी काम गर्ने गरेको वडावासीले गुनासो गर्दै आएको तर्फ संकेत गर्दै त्यस्तो अवस्थामा प्रतिवाद गरी तत्काल आफूहरुलाई खबर गर्न पनि अनुरोध गरे ।

नेपाली काँग्रस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा सचिव धर्मराज थापा, नवगठित टोल कार्यसमितिका सभापति कृष्णबहादुर गायक लगायतका वक्ताहरुले काँग्रेसको संगठन विस्तार गर्न आफूहरु कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

179Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected