२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

सिभिल ईन्जिनियरिङ् पढ्न कुश्मा थापालाई सहयोग

पोखरा भ्यूज
पोखरा । आर्थिक अभावका कारण विद्यालयको शुल्क बुझाउन नसकेका कारण परीक्षा दिनबाट बञ्चित एक छात्राले परीक्षा दिन पाउने भएकी छिन् । स्याङ्जाको त्रिभुवन आदर्श नमुना माविमा प्राबिधिक धार तर्फ सिभिज ईन्जिनियरिङ् पढिरहेकी कुश्माले सेमेष्टर फि बुझाउन नसकेकै कारण दोस्रो सेमेष्टरको परीक्षाबाट बञ्चित भएकी थिईन् । यो खबर थाहा पाएपछि वेलायत स्थित स्याङ्जा समाजको पहलमा उनलाई सहयोग भएको हो । समाजकी अध्यक्ष शारदा गुरुङ्को अग्रसरतामा उनलाई ४८ हजार रुपैंया संकलन गरेर हस्तान्तरण गरिएको थियो ।
सानैदेखि मेधावी छात्राको परिचय बनाएकी मगर स्कुलका हरेक परीक्षामा प्रथम हुने गर्थिन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनले चाहेजस्तो शिक्षा लिन पाएकी थिईनन् । उनले ईन्जिनियरिङ् पढ्न पनि वेलायतमा बस्ने स्याङ्जालीहरुको सहयोग पाएकी थिईन् । सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चका वरिष्ठ उपाध्यक्ष विष्णु गुरुङ्को रु. २० हजारको सहयोगमा उनी त्रिभुवन आदर्श नमूना माध्यमिक विद्यालयमा भर्ना भएकी थिईन् ।
उनले स्याङ्जाको भारती माध्यमिक विद्यालय काल्खुबाट एसईई गरेकी कुश्माको परिवारले मजदुरीबाट जिविकोपार्जन गर्दै आएको छ । चाहेको शिक्षा लिनको लागि आर्थिक अभाव भएपछि छिमेकीले सहयोग जुटाउन पहल गरेका थिए । सो पहल स्वरुप वेलायत निवासी खुमा थापा, कृष्णकुमारी थापा र लक्ष्मी थापाले उनलाई अध्ययनको लागि रकम सहयोग गरेका थिए ।
दोस्रो सेमेष्टरको शुल्कको समस्या समाधान भएपनि उनले डिप्लोमा ईन सिभिल ईन्जिनियरिङको पढाई पुरा गर्न अझै चार सेमेष्टर बाकी छ । यसका लागि अब कसरी सहयोग जुटाउने भन्ने समस्या रहेको उनले सुनाईन् । ‘आर्थिक अभावका कारण मन फुक्ने गरी पढ्न पनि नपाउने कस्तो नियति हो यो ?’ उनले भनिन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…