228Shares

पोखरा भ्यूज
पोखरा । पोखरा स्थित विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा लायन वर्ष २०२२/२३ का लागि प्रस्तावित डिष्ट्रिक्ट ३२५ ‘आई’ का डिजी इलेक्ट टिमलाई शनिबार एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरिएको छ ।

माघ २९ गते पोखरामा सम्पन्न डिष्ट्रिक्ट ३२५ बि१ नेपालको १०औं डिष्ट्रिक्ट कन्भेन्सनमार्फत् निर्वाचित भएका डिष्ट्रिक्ट ३२५ ‘आई’ का डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर विनोद ढुङगानालाई सम्मान गरिएको हो ।

त्यसै गरी क्याविनेटमा रहेर नजिकबाट काम गर्नका लागि इलेक्ट गभर्नर बसेलबाट मनोनित भएका डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्त, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर सूर्यनारायण बराल र डिष्ट्रिक्ट चिफ एडभाईजर पार्वती खरेल पनि सम्मानित भएका छन् ।

स्वागत एवं सम्मान कार्यक्रमका संयोजक एवं डिष्ट्रिक्ट ३२५ बि१ नेपालका डिष्ट्रिक्ट एनएलएफ चिफ शैलेन्द्रमोहन भट्टराईको अध्यक्षता, मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोकाको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन एवं जिएमटी मल्टिपल को-अर्डिनेटर राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल लगायत डिष्ट्रिक्टका विभिन्न पदमा रहेका लायन्स लिडरहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रोकाले लायन्सले सामाजिक क्षेत्रमा काम गर्ने भएकाले डिष्ट्रिक्ट ३२५ आई नेपालले परिणाममुखी काम गरी अन्तर्राष्ट्रिय जगतमा नमूना डिष्ट्रिक्टको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

डिष्ट्रिक्ट ३२५ आई का इलेक्ट डिष्ट्रिक्ट गभर्नर राम बसेलले आफु र आफ्नो टिमलाई सम्मान गरेकोमा धन्यबाद व्यक्त गर्दे लायन बर्ष २०२२/२३ मा सामूहिकतामा विश्वास भन्ने नारालाई साकार पार्ने योजना सुनाए । ‘जो आफ्नो स्वार्थ र व्यक्तिगत लाभका लागि अधिकतम प्रयासरत हुन्छन् तिनीहरूको व्यवहार पनि व्यक्तिवादी नै हुन्छ भने सामूहिकतामा विश्वास गर्ने नेतृत्व समुदायको हितको लागि नै कार्यरत हुन्छ । यही फरकपनलाई स्वीकारेर काम गर्छौ,’ उनले भने ।

बसेलले डिष्ट्रिक्ट ३२५ आई रिडिष्ट्रिक्टीङ पछिको पहिलो कार्यकाल भएकाले पहिलो प्राथमिकता जग बलियो बनाउन केन्द्रित हुने बताए । कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो बनाउने, क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाउन पहल गर्ने उनको भनाई छ । उनका अनुसार काठमाँड़ौ र पोखरामा डिष्ट्रिक्टको स्थायी सचिवालय बनाउन आवश्यक पहल गर्ने, ईमरजेन्सी फण्ड स्थापना गर्ने, लिड़र शिप, फेलोसिप र सामाजिक सेवाका कार्यमा जोड़ दिने लगायतका पूर्व डिष्ट्रिक्ट गर्भनरहरुले अघि सारेका महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिने, डिष्ट्रिक्ट ३२५ आईलाई उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गराई गतिवान र सक्रिय बनाउनका लागि क्लबहरुलाई बलियो बनाउने समेतका योजना प्राथमिकतामा राखिएको छ ।

उक्त कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर चन्द्रकुमार केसी र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर विनोद ढुङगानाले प्रस्तावित डिष्ट्रिक्टको छविलाई अक्षुण राखी मन वचन र कर्मले काम गर्ने प्रतिबद्वता व्यक्त गरे ।

लियो डिष्ट्रिक्ट प्रेसिडेन्ट सुदाम लामिछानेले सामाजिक सेवाका लागि संगठित भई, समन्वय गरेर एकबद्ध भई नेतृत्व क्षमताको विकास गर्दै सामाजिक सेवा गर्नु नै लियोको प्रमुख उद्देश्य रहेको बताए ।

सम्मान कार्यक्रममा बल्दै पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन एवं जिएमटी मल्टिपल को–अर्डिनेटर राजन लम्साल र पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले डिजी टिमलाई बधाई दिदै नयाँ डिष्ट्रिक्टलाई बलियो बनाउन तन, मन र धनका साथ आफनो बृद्धि विवेक र क्षमताले भ्याएसम्म मानवीय सेवामा समर्पित हुन आग्रह गरे ।

डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिपार्टमेंट को–चिफ सुदीपराज ढुङगानाले सञ्चालन गरेको कार्यक्रममा क्लब अध्यक्षहरूको तर्फबाट विना पाइजा र अशोक पौडेल, जोन चेयरपर्सन कृष्ण प्रसाद भण्डारी, लायन्स मोडेलभिलेज डेपुटी चिफ पायल शर्मा, क्लस्टर चिफ भिष्मराज पौडेल, सिनियर एडभाइजर नविन भण्डारी, मोडेल भिलेज चिफ ऋषि गिरी लगाएतले आ–आफÞनो मन्तव्य राख्दै डिजी टिमलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

228Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected