
पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस घारीपाटन ईलाका कार्यसमिति पोखरा ७ को सभापतिमा दानबहादुर गुरूङ(पूर्ण) चयन भएका छन् ।
नेपाली काँग्रेसका महासमिति सदस्य देवराज चालिसेको प्रमुख आतित्थ्यमा आयोजित भेलाले गुरूङको नेतृत्वमा २१ सदस्यीय ईलाका कार्यसमिति चयन गरेको हो । यो सँग पोखरा ७ मा नेपाली काँग्रेसको ईलाका कार्यसमितिको संख्या ४ पुगेको वडा इकाईका सभापति नविन बरालले जानकारी दिए ।
ईलाका कार्यसमितिको उपसभापतिमा मनोज गुरूङ, सचिवमा गंगा वराईली, सहसचिवमा भक्तबहादुर आले र कोषाध्यक्षमा नारायण गिरी चयन भएका छन् । त्यस्तै सदस्यमा पूर्णबहादुर गुरूङ, प्रवीण गुरूङ, किरण गुरूङ, रामजी नेपाली, सागर पुन, शम्सेर परियार, शर्मिला गुरूङ, शुरेश मल्ल, रूपा गुरूङ, नेत्रबहादुर गुरूङ, दुर्गाप्रसाद आचार्य, चम्पासिं गुरूङ, भगवती लामिछाने, बबिन सुनार, विकास जलारी, रमेश केसी र सुरज गुरूङ रहेका छन।
त्यस्तै भेलाले शशीधर शर्मा, टंकराज अधिकारी, विष्णुप्रसाद सुवेदी, वेल गिरी, माधवी पाण्डे र प्रेमबहादुर गुरूङ सहितको ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
नवगठित ईलाका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई वधाई ज्ञापन गर्दै नेपाली नेपाली काँग्रेसका महासमिति सदस्य देवराज चालिसेले कांग्रेसमा जनताको आकर्षण नघटेको तर जनताको घरघरमा कांग्रेस पुग्नुपर्ने बताए । उनले कांग्रेस के हो र कांग्रेसलाई भोट दिदा के परिणाम आउँछ र अरुलाई भोट दिदा के परिणामआयो भन्ने कुरा जनतालाई बुझाउन जरुरी रहेको बताए ।
नेपाली कांग्रेस पर्वतका पूर्व सभापति एवं प्रतिनिधि सभा सदस्य लालक़ाज़ी गुरूङले गत स्थानीय निर्वाचनमा काँग्रेसले पराजय भोग्नु परेको अवस्था स्मरण गराउदै आगामी स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरे ।
नेपाली काँग्रेस पोखरा ७ का सभापति नविन बरालको सभापतित्वमा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि सुनयना पालिखे, आशिक़ गुरूङ, किरण केसी, नेपाली कांग्रेस कास्की क्षेत्र नं २ प्रदेश ‘क’ का सभापति दिनेश आचार्य, भूपू सैनिक संघका केन्द्रिय सदस्य प्रेम बहादुर गुरूङ, स्थानीय कांग्रेसका पुराना कार्यकर्ता शशिधर शर्मा, चम्पासिं गुरूङ, रूपा गुरूङ, नवगठित घारीपाटन टोल कार्यसमितिका सभापति दानबहादुर गुरूङ(पूर्ण)लगायतका वक्ताहरुले स्थानीय निर्वाचित लक्ष्य कार्यक्रममा केन्द्रित भई नेपाली काँग्रेसको संगठन विस्तार अभियानमा लाग्न जोड दिदै आउँदो वैशाख ३० हुने स्थानीय निर्वाचनको प्रचारप्रसारमा जुट्न निर्देशन दिएका थिए।








सम्बन्धित खवर
















