
पोखरा भ्यूज
काठमांडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ । सो अभियान अन्तर्गत कांग्रेस ६ हजार ७४३ वडामा पुग्ने तयारीमा रहेको छ ।
कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म अभियान सञ्चालन गर्न लागेको हो । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेल जिल्ला जाने प्रतिनिधिहरुलाई अभिमुखीकरण गराउने काम भइरहको बताउँछन्।
“आज बेलुकासम्म जिल्ला जानेहरुलाई हामी चिठी थमाउँछौँ । अहिले पार्टी अफिसमा अभिमुखिकरण गर्नेकाम भइरहेको छ,” उनले भने । अभियानका लागि खटिने प्रतिनिधिहरु २६ गतेभित्र जिल्ला पुगिसक्नुपर्ने गरी पार्टीले तयारी गरिरहको छ ।
एक अभियानको आठ उद्देश्य

एक महिनासम्म चल्ने अभियानले आठवटा उद्देश्य लिएको छ । जसको मुख्य उद्देश्य स्थानीय तह निर्वाचनमाकांग्रेसलाई जिताउन माहोल बनाउने रहेको छ । प्रतिनिधिहरु वडा र टोलटोलमा पुगेर कांग्रेसको पक्षमाकार्यकर्ताहरुमा उत्साह भर्ने काम गर्ने उद्देश्य पार्टीले लिएको छ ।
यस्तै अभियानकै दौरान पार्टीले ‘हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीकोविधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तरपरिचालन गराउने नीति लिएको छ । वडा तहसम्म पुगेर कांग्रेसले तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा रहेकोनेकपाको सरकारको तीन वर्षे कार्यकालमा भएका जनविरोधि गतिविधि, असंवैधानिक कदम र भष्टाचारप्रकरण जनतासमक्ष चुनावी एजेन्डा बनाएर लैजाने तयारी गरेको छ । यस्तै वर्तमान कांग्रेस नेतृत्वको सरकारलेकोभिडको विरुद्ध ७० प्रतिशत नागरिकलाई खोप लगाएको भन्दै चुनावी एजेन्डा बनाइने भएको छ ।
पार्टीले संसदबाट अनुमोदन भएको एमसीसी परियोजनाका विषयमा जनस्तरमा छरिएका भ्रम र पार्टीप्रतिउत्पन्न शंका निवारणका लागि बुँदागत रुपमा अभियानबाट भ्रम चिर्ने तयारी पनि गरेको छ ।
पार्टीले अभियान अन्तर्गत प्रदेश कार्यसमितिलाई केन्द्रको कार्यक्रममा असर नपर्ने गरि आफ्नो प्रदेश भित्र ‘घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान’ थप गरेर सञ्चालन गर्ने अधिकार पनि दिएको छ ।
यस्तै स्थानीय तहमा पार्टीको उमेदवार चयनका लागि पूर्व अध्ययन गरि प्रदेश कार्यसमितिलाई प्रतिवेदनबुझाउन प्रत्येक स्थानीय तहमा अभियानको अन्तिम सातामा प्रदेश प्रतिनिधि खटाउने निर्णय पनि कांग्रेसलेगरेको छ । यस्तै प्रदेशले आफ्नो प्रदेशभित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्नुपर्ने जिम्मेवारी पनिकेन्द्रले दिएको छ ।
यता, जिल्ला कर्यसमितिले अभियान सुरु हुनुभन्दा दुई दिनअघि कार्यसमितिको बैठक बसेर जिल्लाभरका सबैवडामा खटिने प्रतिनिधि तथा प्रतिनिधि टोली तय गर्नेगरि जिल्ला समितिलाइई निर्देशन दिएको छ । यस्तैअभियान सञ्चालनका लागि भ्रातृ तथा शुभेच्छुक संस्था पनि खटिनुपर्ने गरि कांग्रेसले कार्यक्रम तय गरेको छ ।
कांग्रेसले सञ्चालन गर्ने अभियान र त्यससँग सम्बन्धित हरेक गतिविधि सामाजिक संजाल र स्थानीयसञ्चारमाध्यममार्फत् प्रचार गर्ने तयारी गरेको छ र त्यसका लागि छुट्टै प्रचार टिम बनाउने निर्णय पनि गरेको छ।
पार्टीले फागुन २९ गते दिउँसो १ बजे ७७ जिल्लामा एकसाथ अभियानको उद्घाटन गर्दैछ । अभियान व्यवस्थितर प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गर्ने र समितिले कार्यक्रमको कार्यान्वयनअनुगमन तथा कार्यान्वयन पश्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनुपर्ने कांग्रेसकोनिर्णय छ ।










सम्बन्धित खवर
















