
पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस बानियाँथर–सगरमाथा टोल कार्यसमितिको सभापतिमा कल्पना बानियाँ निर्विरोध निर्वाचित भएकी छन् । नेपाली काँग्रेस पोखरा १६ ले सोमबार विहान आयोजित भेलाले बानियाँको नेतृत्वमा टोल कार्यसमिति गठन गरेको हो ।
पोखरा १६ मा महिलाको नेतृत्वमा गठित टोल कार्यसमिति यो नै पहिलो भएको नेपाली काँग्रेस पोखरा १६ का पूर्वसभापति शिवराज देवकोटाले जानकारी दिए । योसँगै पोखरा १६ मा टोल कार्यसमितिको संख्या २० पुगेको छ ।
टोल कार्यसमितिको उसभापतिद्वय कमल गुरुङ र देवेन्द्र बानियाँ, सचिवद्वय रेशम बानियाँ र गणेश पौडेल र कोषाध्यक्षमा विन्दु बानियाँ निर्विरोध निर्वाचित भए ।
त्यस्तै सदस्यमा उर्मिला बानियाँ, शोभा बानियाँ, बसुन्धरा बानियाँ, खेम रसायली, रमा बानियाँ, आकाश ताम्रकार, शान्ति बानियाँ, सत्य बानियाँ, रामबहादुर गोदार, पार्वती बानियाँ, विष्णु राना, सीता गुरुङ, गौरव बानियाँ, प्रविण बानियाँ र बिक्रम बानियाँ चयन गरिएको छ ।
नेपाली काँग्रेस जेष्ठ नागरिक विभागका सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मदन बस्नेत, नेपाली काँग्रेस कास्की २ ख का उपसभापति होमबहादुर बानियाँ, पूर्वमहाधिवेशन प्रनिधिनिधि पदमसिं गुरुङ, नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिना, उपसभापतिद्वय मिन गुरुङ र गणेश थापा र सचिव धर्मराज थापा लगायतका वक्ताहरुले आआफ्नो धारणा राखेका थिए ।






सम्बन्धित खवर















