
पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १ को बैठकले कोषाध्यक्ष तथा सदस्य मनोनयन गरेको छ । क्षेत्रीय सभापति राजेन्द्रमणि लामीछानेको अध्यक्षतामा सोमबार बसेको बैठकले काँग्रेस कास्की क्षेत्र नम्बर १ कोषाध्यक्षमा अमर वहादुर केसि र क्षेत्रीय सदस्यमा विष्णुप्रसाद शर्मा, राधेश्याम कोईराला, डिलमाया गुरुङलाई मनोनयन गरेको हो ।
बैठकले क्षेत्रीय सभापति राजेन्दमणि लामीछानेको अध्यक्ष १५ सदस्यीय कार्यसम्पादन समिती समेत गठन गरेको क्षेत्रीय सचिव सरोज केसिले जानकारी दिए ।
बैठकले क्षेत्रीय पदाधीकारी सहित र अन्य सात सदस्य लाई कार्यसम्पादन समितीमा मनोनयन गरेको छ । सदस्यहरुमा सन्तोष तिवारी, सन बहादुर गुरुङ, मोती कुमार श्रेष्ठ ,गणेश बिक, भोजराज ओझा, विष्णु प्रसाद शर्मा र डिलमाया गुरुङलाई रहेका छन ।
कास्की क्षेत्र नम्बर १ मातहतका ३० वडा कार्यसमिती कार्यालय र २ वटा गाँउपालिका कार्यलयलाई चैत्र ५ गते एकै दिन स्थापना गर्ने निर्णय गरेको केसिले वताए ।पार्टीको जागरण अभियानलाई सफल बनाउन चैत्र १२ आमसभा गर्ने निर्णय समेत गरेको सचिव केसिले वताए ।
बैठकमा महानगरका उपसभापती प्रयाग राज भण्डारी क्षेत्री, उपसभापतीद्धय कृष्ण कोईराला, दुर्गा सुवेदी सचिवद्धय सरोज केसि, ओम प्रकास गुरुङ, काग्रेस रुपा गाँउपालीका अध्यक्ष बिमल बाबु न्योपाने र मादि गाँउपालीका अध्यक्ष यम बहादुर गुरुङ सहित ३० वटै ईकाई सभापतीहरुले पार्टीको जागरण अभियान र निर्वाचनलाई लाई सफल बनाउन लाग्ने वताए ।







सम्बन्धित खवर
















