२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

केवलकार संचालनमा आए पछि सूर्योदय अवलोकन गर्न सराङकोट पुग्नेहरुको संख्यामा वृद्दि

पोखरा भ्यूज

पोखरा । अन्नपूर्ण केवलकार पोखराले मंगलबारबाट सूर्यदर्शन सेवा संचालनमा ल्याए पछि केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या बढेको छ ।
विगतका दिनहरुमा भन्दा मंगलबार केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या करिब पचास प्रतिशतले वृद्दि भएको कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए ।
पर्यटकहरुको चाहना बमोजिम बिहान ५ बजेदेखि नै सूर्यदर्शन ( सनराइज़)सेवालाई मध्यनजर गरी केवलकार संचालनमा ल्याए पछि सूर्योदय अवलोकन गर्न सराङकोट पुग्नेहरुको संख्यामा वृद्दि भएको महाप्रबन्धक पौडेलले बताए ।
केवलकार चढेर सूर्योदयको अवलोकन गर्न सराङकोट पुगेकाहरुले  पनि केवलकारको नया सेवा प्रति खुशी व्यक्त गरे ।

पोखराबाट सनराइज़ हेर्न सडकमार्ग हुंदै सराडंकोट पुग्न समय र पैसा पनि धेरैखर्च हुने गरेकोमा समय र पैसाको बचत हुने उनिहरुको धारणा छ ।
नेपाली कांग्रेसका युवा नेता गंगाधर पराजुलीले बिहान उठेर गाडी मोटरसाइकल लिएर सराडंकोट पुग्दा आधा घण्टा भन्दा बढ़ी समय लाग्नेमात्र नभएर उकालो र साँघुरो सडक भएकोले कठिनाई भोग्नुपरेकाहरुलाई केवलकारको सुर्य दर्शन सेवाले सहज बनाईदिएको प्रतिक्रिया दिए ।
पोखरामा वरिष्ठ पत्रकारको रुपमा समेत चिनिने पराजुलीले पोखराका स्थानीय सर्वसाधारणलाई दृष्टिगत गरि शुरुआतका दिनमा केवलकारको भाडामा केही छुट दिन सकेमा वा सराडंकोट पुगेका यात्रुलाई थप केही सुबिधा दिन सकेमा यात्रुको संख्या अझै बढ्न सक्ने भन्दै सराडंकोटमा पुग्नेहरुले सनराइज़ र सनसेट हेर्न तथा हिम शृंखला र फेवाताल समेतको प्राकृतिक सुन्दरता हेर्नेका लागि व्यवस्थित पार्क वा अन्य स्थान वनाउनु पर्ने खाँचों औल्याए ।
पोखराको लेकसाईड नजिक सेदीबगरबाट जम्मा १० मिनेटको समयमा नै सराङकोट पुगेर सूर्योदयका साथ मनमोहक हिमश्रृंखला हेर्न पाएको भन्दै पोखराका रेडियोकर्मी तिर्थ केसीले पनि खुशी व्यक्त गरे ।

गत फागुन ६ गते सफ्ट ओपनिङ गरेर बिहान १० बजेदेखि साँझ  ५ बजेसम्म सेवा दिईरहेको केवलकारले मंगलवार अर्थात् चैत १ गतेबाट सुर्य दर्शन सेवाशुरू गरेको हो । नयाँ समय तालिका अनुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म केवलकारले यात्रुहरुलाई सेवा दिन थालेको छ ।
सुर्यदर्शन सेवा संचालनको पहिलो दिन नै सूर्योदय हेर्न जाने आन्तरिक पर्यटकहरुको संख्या वृद्दि हुनुका साथै मौसम पनि सफ़ा रहेकोले सराङकोट पुग्नेहरुमा प्रशन्नता छाएको अनुभुती राससका फोटो पत्रकार राधिका कँडेलले गरेकी थिईन । यति बेला केवलकार चढ्नेहरु आन्तरिक पर्यटकहरुनै धेरै रहेको र विदेशी पर्यटकको आगमन नेपालमा बढेपछि उनिहरुको समेतसंख्या बढ्ने अपेक्षा केवलकार व्यवस्थापनको छ ।
महाप्रबन्धक पौडेलका अनुसार विहान १० बजेबाट ५ बजेसम्म सेवा संचालन हुदाँ पनि ५/६ सय जना जतिले दिनहुं यात्रा गर्ने गरेकोमा समय थप हुंदा र सुर्यदर्शन सेवा थप हुंदा संख्य बढेको छ । केवलकारसंगै अन्य मनोरन्जनात्मक र साहसिक ईभेन्टहरु थप गर्ने तर्फ पहल भएको मात्र नभएर यांत्रुकालागि नया प्याकेज ल्याउने सन्दर्भमा पनि छलफल भैरहेको छ ।
सेदीबगरदेखि सराडंकोटसम्म केवलकारमा पुग्न करिब १० मिनेट मात्र लाग्छ र फेवाताल सहित प्राकृतिक सुन्दरता अवलोकन गर्दै सराडंकोट पुग्न सकिन्छ। केवलकारमा आवत जावत गर्न कम्पनीले नेपालीका लागि रु ७ सय, सार्कराष्ट्रका पर्यटककालागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तयगरेको छ ।

पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी दुई अर्ब रुपैयाँ पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले  जानकारी दिए । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…