2Shares

पोखरा भ्यूज

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन ।

उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका हुन ।

प्रदेश प्रमुख गुरुङले जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा सबै नेपालीहरुले खुसी र हर्षोल्लासपूर्वक होली पर्व मनाउने गरेको बताउदै यस पर्वले सबै नेपालीमा खुशीका रंगहरु छर्दै मौलिक संस्कृतिहरूको संरक्षण र सम्बद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected