2Shares

पोखरा भ्यूज

पोखरा । बेस्ट फाईनान्स कम्पनी लि.ले पर्यटकीय नगरी चितवन जिल्लाको नारायणगढ स्थित सहिदचोकमा विस्तार गरेको छ ।

काठमाडौको कमलादी स्थित प्रधान कार्यालय रहेको एन आर एन द्धारा प्रबर्धित राष्ट्रिय स्तरको फाईनान्सले आफनो १५ औं शाखाको आर्थिक तथा पर्यटकीय नगरी चितवन जिल्लाको नारायणगढ, सहिदचोकमा विस्तार गरेको हो ।

फाईनान्सको जिल्ला उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले उदघाटन गरेका थिए । उक्त शाखा शुभारम्भ कार्यक्रममा संस्थाका प्रमुख लगानीकर्ताहरु तथा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहक महानुभावहरुको उपस्थिति रहेको थियो । निकट भविष्यमा बाग्लुङको गलकोट, प्रदेश नं. २ को विरगंज तथा प्रदेश नं. १ को इटहरीमा लगायत अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेको वेष्ट फाईनान्स कम्पनी लिमिटेडले पछिल्लो बर्षमा उल्लेख्य वित्तिय विवरण सुधार गर्दै आफनो ग्राहकवर्गलाई उच्चतम प्रविधिका साथ ग्राहक वर्गमा सेवा उपलब्ध गराउँदै आएको छ । घरमै बसि अनलाई (इलष्लिभ) मार्फत सहज तथा सरल तवरले खाता संचांलनको नंया सुविधा समेत संस्थाले हालसालै संचालनमा ल्याएको छ

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected