
पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं. १६,अर्मलास्थित देउराली आमा समूहको भवन मर्मत सम्भार उपभोक्ता समितिको अध्यक्षमा कृष्णकुमारी वि.क. चयन भएकी छन् । विहीबार विहान स्थानीय देउरालीडाँडामा आयोजित भेलाले कृष्णकुमारीको अध्यक्षतामा ११ सदस्य उपभोक्ता समिति र तीन सदस्यीय अनुगमन समिति गठन गरेको हो ।
आमा समूहको भवन मर्मतका लागि गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयबाट रु तीन लाख रुपियाँ बजेट विनियोजन भएपछि स्थानीयहरु योजना अघि बढाउन सक्रिय भएका छन् । उपभोक्ता समितिको उपाध्यक्षमा मञ्जु वि.क., सचिवमा सोनिया सुनार, सहसचिवमा तिलकबहादुर सुनार र कोषाध्यक्षमा विनिता वि.क. चयन भएका छन् ।
त्यस्तै समितिमा हरिप्रसाद भट्टराई, पूर्णशोभा वि.क., मैंया वि.क. (ख), कमला वि.क., अमृता वि.क. र शुशिला वि.क. चयन भएका छन् । त्यस्तै अनुगमन समितिमा जीतबहादुर बस्नेत, मुक्तिराम भट्टराई र चन्द्रकान्त भट्टराई छन् ।

यसअघि भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाले विकासका लागि नेपाली काँग्रेस जनताको साथमा रहिरहने प्रतिबद्धता व्यक्त गरे ।
उनले आमा समूहको भवन मर्मतपछि आवश्यक पर्ने फर्निचर र भाँडाकुडा सहयोगका लागि पहल गर्ने आश्वासन पनि दिए । ‘हामी तपाईंहरुले चाहेको जस्तै विकास गर्न खोजिरहेका छौं । तर तपाईँहरुले आवश्यकताको पहिचान गरी हामीलाई दबाव दिनुस्, हामी तपाईँहरुकै साथमा भइरहने छौं,’ उनले भने ।
भेलामा नेपाली काँग्रेस प्रदेश अधिवेशन प्रतिनिधि मञ्जुश्री थापा बस्नेत, नेपाली काँग्रेस पोखरा १६ का पूर्वसभापति मुक्तिराम भट्टराई, नेपाली काँग्रेस आदर्श टोल कार्यसमितिका सभापति केदारप्रसाद भट्टराई, कुर–कालीखोला–देउराली टोल कार्यसमितिका उपसभापति चन्द्रकान्त भट्टराई, नेपाल तरुणदल पोखरा १६ का उपसभापति अनिल बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

देउराली आमा समूहका अध्यक्ष अमृता वि.क.को सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी कृष्णकुमारी वि.क. समूहकी सचिव सोनिया सुनार लगायतका वक्ताहरुले विकास र समाजिक योगदानका आयामबारे चर्चा गरेका थिए ।








सम्बन्धित खवर
















